प्रदेश–१ को बजेट ४२ अर्ब २० करोड

0
730

विराटनगर।

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७६–७७ का लागि ४२ अर्ब २० करोड बराबरको बजेट प्रस्तुत गरेको छ ।

जसमध्ये चालूतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३.९ प्रतिशत र पूँजीगत तर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार अर्थात ५५.९ प्रतिशत र वित्तिय व्यवस्थातर्फ ८ करोड रुपैंया विनियोजन गरेको छ । अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार रुपैंया विनियोजन गरेको छ ।

उक्त अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ३ अर्ब ८६ करोड, राजस्व बाँडफाँडबाट १० अर्ब ५२ करोड र अनुदानबाट २१ अर्ब २१ करोड व्यहोरिने उल्लेख छ । चालू आर्थिक वर्षको नगद मौज्दात करिब ६ अर्ब ६१ करोड रहनु आर्थिक मामिला तथा योजनामन्त्रीले पूर्वानुमान गर्दै बजेट प्रस्तुत गरेका छन् । विनियोजित बजेट अनुसार कृषि , पशुपंक्षी तथा सहकारी क्षेत्रका लागि ४ अर्ब, पर्यटन क्षेत्रका लागि एक अर्ब ६६ करोड, वन तथा वातावरणका लागि एक अर्ब २० करोड बजेट छुट्याएको छ ।

यस्तै उद्योग वाणिज्य, आपूर्ति क्षेत्रको विकासका लागि ४७ करोड, सिंचाई व्यवस्था तथा नदी नियन्त्रणका लागि ३ अर्ब २० करोड, समग्र शिक्षा क्षेत्रका लागि एक अर्ब २८ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै स्वास्थ्य क्षेत्रका लागि एक अर्ब ७ करोड, खानेपानी तथा सरसफाईको लागि ३ अर्ब, खेलकुदकालागि ४७ करोड ५५ लाख, सडक पुलमा ८ अर्ब, आवास भवन तथा सहरी विकासका लागि ३ अर्ब, कृषि क्षेत्रको उत्पादन प्रशोधन, भण्डारण, बजारीकरणका लागि २० करोड बजेट विनियोजन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here