बिर्तामोड ।
झापामा विश्वकर्मा एकता समाज नेपाल गठन भएको छ । गोपाल ल्वागुनको अध्यक्षतामा भएको जिल्ला भेलाले राम ल्वागुनको अध्यक्षतामा समिति गठन गरेको हो ।
गठित समितिको वरिष्ठ उपाध्यक्षमा खडिन्द्रै गहतराज महिला उपाध्यक्षमा रनमाया रसाइली,विकास कालिकोटे रहेका छन् । त्यस्तै महासचिवमा मणिकुमार शंकर, सचिवमा गोपाल दर्नाल, कोषाध्यक्षमा मदन रसाइली रहेका छन् ।
समितिको सदस्यमा सन्तोष रसाइली, डम्वर शंकर, मणि दियाली, वमवहादुर ल्वागुन, पदम लामगादे, गोमा ल्वागुन, मेदनी विश्वकर्मा, शम्भू जगमेर र विवेक लामगादे रहेका छन् ।
कार्यक्रममा नरेन्द्र शंकर, सुन्दरा ल्वागुन, शेरवहादुर गजमेर, अम्वर वराइली, टिका लामगादे, गोपाल गजमेर, छविलाल विश्वकर्मा लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन गोपाल लकान्द्रीले गरेका थिए ।































