विप्लवका कोशी ब्युरो सदस्य बाबुराम किराती पक्राउ

0
603

संखुवासभा,

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कोशी ब्युरो सदस्य सदरमुकाम खाँदबारीबाट पक्राउ परेको छन्।

प्रहरीले सदरमुकाम खाँदबारी–७ नयाँ बजार मोलपोत कार्यालय नजिकबाट पाँचखपन नगरपालिका–६ का बाबुराम किराती ‘विवश’लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए। राईलाई बिहीबार दिउँसो २ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ।

राई विप्लव नेतृत्वको राष्ट्रिय युवा जनस्वयम सेवकको केन्द्रीय अध्यक्ष तथा कोशी ब्यूरो सदस्य भए पनि पछिल्लो समय पार्टी प्रति असन्तुष्टि भएकाले निष्कृय भएर घर परिवार सँगै बस्दै आएको को स्रोत भनाइ छ।

पक्राउ परेका राईलाई कहाँ कुन अवस्थामा राखिएको छ भन्ने प्रहरीले खुलाउन चाहेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here