कपडा तस्करीमा भन्सार कर्मचारी र व्यापारीको सेटिङ्

0
690

झापा ।

भन्सार कर्मचारी र कपडा व्यापारीबिच भइरहेको मिलोमतो जनपथ प्रहरीले छताछुल्ला पारिदिएको छ ।

भद्रपुर भन्सार कार्यालयका कर्मचारी र भद्रपुर कै कपडा व्यापारीको मिलोमतोमा बुधबार दिउँसो भन्सार परिसरबाट नै केही परिमाणको कपडा पर्खालबाट वाहिर फाल्दै गरेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुरबाट डिउटीमा खटिएका प्रहरीले बरामद गरेपछि घटना छताछुल्ल भएको हो ।

व्यापारीले राजस्व काटनलाइ फिँजाएका कपडाहरुमध्ये दुइ पोका बनाएर ४८ थान कुर्ता सुरुवाल भन्सार कर्मचारी कै उपस्थितीमा कपडा व्यापारीका कामदारले पास गराएपछि घटना सार्वजानिक भएको थियो । भन्सार परिसरबाट वाहिर फाल्दै गरेको अवस्थामा कपडा बरामद गरिएको वडाका इन्सपेक्टर यमकुमार श्रेष्ठले बताए ।

घटनापछि वडाबाट इन्सपेक्टर श्रेष्ठ भन्सारमा जडान गरिएको सीसी टिभी क्यामेरामा कपडा फाल्दै गरेको गतिविधि कैद भएको हेर्न गएका थिए । तर भन्सारको सीसी क्यामेराले प्रहरी दौडेर जादै गरेको र कपडा लिएर आउदै गरेको मात्र देखिएको छ भने कपडा फाल्दै गरेको गतिविधि नदेखिएको उनले जनाए ।

क्यामेराले कुनै खिच्ने कुनै नखिच्ने हुनै नसक्ने उनको भनाइ छ । बरामद गरिएको कपडाको अनुमानित बजार मूल्य ४० हजार रहेको उनले जानकारी दिए । कपडालाइ विहीबार भद्रपुर भन्सार बुझाइसकिएको उनले बताए ।

कर्मचारीको संलग्नता पुष्टि भएमा कडा कारबाही गरिने भद्रपुर भन्सार प्रमुख फणिन्द्र खतिवडाले बताए । प्रहरी जादै गरेको र कपडा लिएर आउदै गरेको गतिविधि सीसी क्यामेरामा देखिएकोले घटना भएको उनको भनाइ छ । यो विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

भन्सारलाइ व्यवस्थित पार्न भौतिक संरचनालगायत प्रविधिको काम भइरहेको उनले जनााए । भन्सारमा आउने भन्दा पनि अवैधबाटो बाट निकासी पैठारी भइरहेको प्रहरीले उठाएको राजस्वले पुष्टि गरेको उनले प्रष्ट पारे । भद्रपुर भन्सारमा विगत देखि नै विभिन्न प्रकारका गतिविधि हुदै आइरहेको स्थानीयको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here