भुस्याहा कुकुरको समस्या

0
533

दमक।

झापाको पश्चिम दक्षिणी क्षेत्रमा भुस्याहा कुकुरको समस्या देखिएको छ ।

गौरादह, गौरीगञ्ज लगायतका क्षेत्रमा भुस्याहा कुकुरहरुको संख्या वृद्धि हुँदै जाँदा गाउँघरमा पशुपंक्षीमा क्षति पु¥याएर गाउँमा आतंक फैलिएको छ ।

कुकुरहरुको संख्या हुल बाँधेर गाउँ घर तथा सडकमा हिँंड्दा मानिसहरुलाई समेत झम्टने गरेका छन् । गाउँलेहरुले चरनका लागि खेतमा बाँधिएका चौपायहरु दिउँसो पानी खुवाउन जाँदा मरेको वा घाइते अवस्थामा भेटेका छन् ।

गौरादहमा फर्ममा पालिएका बोइलर कुखुराहरुलाई भुस्याहा कुकुरले आक्रमण गरेर ठूलो क्षति पु¥याएको छ । गौरादह –३ का ज्ञानु कार्कीको कुखुराको फर्ममा पालेका कुखुरालाई कुकुरले आक्रमण गरी १ सय १० वटा कुखुरा मारेका छन् । बिक्री गर्ने समयका कुखुरा मार्दा करिब ७० हजार मूल्य बराबरको नोक्सानी भएको कार्कीले बताए ।

यसैगरी दुई दिन अगाडि कुकुरले गौरादह–२ का गोपीनाथ तिम्सिनाको पनि एकै रातमा २ सय वटा कुखुरा मारेको थियो । भुस्याहा कुकुरको कारण करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको तिम्सिनाले बताए ।

ग्रामीण क्षेत्रमा भुस्याहा कुकुरको बिगबिगी बढेकोले स्थानीय सरकारले यसको नियन्त्रण गर्न गाउँलेले माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here