किशोरीलाई आत्मरक्षा तालिम

0
1478

सुरुङ्गा।

पछिल्लो समय किशोरीहरुमा महिला हिंसा र बलात्कारका घटना बढ्न थालेपछि झापा कनकाई नगरपालिकाका किशोरीहरुका लागि आत्मरक्षा तालिम दिन शुरु गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् नेपालको आयोजना तथा कनकाई नगरपालिकाको आर्थिक सहयोगमा नगर क्षेत्रका १५ बर्षदेखि माथिका किशोरी तथा एकल महिलाहरुका लागि दुर्गापुरमा एकहप्ते आत्मरक्षा तालिमको आयोजना गरिएको हो ।

तालिममा कनकाई नगरपालिकाका ९ बटै वार्डका एक सय जना किशोरी तथा एकल महिलाको सहभागिता रहेको छ । सहभागीलाई केआईएफ कुरोदय मार्शल आट्र्स नामक संस्थाले बलात्कारबाट बच्न अपनाउने उपायका बारेमा प्रशिक्षण दिइने मुख्य प्रशिक्षक प्रकाश बस्नेतले बताए ।

तालिमपछि किशोरीहरुमा आत्मवल बढ्ने तथा बलात्कार तथा महिला हिंसा हुँदा तत्काल र पछि पनि अपनाउनुपर्ने तरिका र कानूनी उपचारका बारेमा समेत सचेतना वढ्ने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।
तालिमपछि नगरमा महिला हिंसाका घटनामा कमी आउने नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईले बताइन् ।

तालिममा सिकेका सिपलाई गाउँमा गएर अन्य सहकर्मीमा समेत बाँड्ने वार्ड नम्बर ४ का वाडध्यक्ष गोविन्द पौड्यालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here