अर्जुनधारामा उद्घोषण प्रशिक्षण तथा लेखा तालिम सम्पन्न

0
785

अर्जुनधारा।

लक्षित वर्गको क्षमता अभिवृद्धी गर्ने उद्धेश्यले अर्जुनधारा–७ वडा समितिद्धारा आयोजित पाँच दिवसीय उद्घोषण प्रशिक्षण तथा लेखा तालिम सम्पन्न भएको छ ।

वडाध्यक्ष नवराम ढुंगानाको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

सहभागीहरुकोतर्फबाट उद्घोषण तालिमकी सहभागी जानुका दियाली र लेखा तालिमकी बबिता पोखरेलले तालिमको अनुभव बारे जानकारी गराएको कार्यक्रममा वडा सदस्यद्धय गोमा पर्वते र देवकुमार राई, नगरपालिकाका लेखा अधिकृत रामचन्द्र घिमिरे, नगर रोजगार संयोजक केशव ढुंगेल र अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले बोलेका थिए ।

वडासचिव एवम् तालिम संयोजक प्रकाश पौड्यालले स्वागत गरेको कार्यक्रमको सञ्चालन उद्घोषण तालिमकी सहभागी दीपा गड्तौलाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here