लागु पदार्थ विरुद्ध जनचेतनामूलक कार्यक्रम

0
808

अर्जुनधारा।

अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसको सन्दर्भमा बुधबार अर्जुनधारा–२ र ३ वडा समितिको संयुक्त आयोजनामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको संयोजनमा आयोजित उक्त कार्यक्रम वडामा रहेका तीन वटा माध्यमिक विद्यालय क्रमश जनता माध्यमिक विद्यालय, ब्लयू हेभन एजुकेसन फाउण्डेसन र न्यू होपा इङलिस बोर्डीङ स्कूलमा अध्धयनरत् विद्यार्थीलाई लक्षित गरि सञ्चालन गरिएको वडा समिति–३का वडाध्यक्ष जीवकुमार भण्डारीले बताए ।

सहजकर्ता जिप्रका झापाका प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागु औषधको परिचय, लागु औषध सम्बन्धी कानुनी प्रावधान, लागु औषध प्रयोगबाट हुने असरहरु, लागु औषध निषेध, मदिरा नियन्त्रणलगायतका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

अर्जुनधारा–२का वडाध्यक्ष रघुनाथ खनालको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा लागु औषध सम्बन्धी वृत्तचित्र प्रदर्शनीसँगै मदिरा, खैनी र सुपारीजन्य पदार्थहरुको नष्ट गर्दै त्यसको प्रयोग नगर्न सबैलाई आह्वान गरिएको थियो ।


कार्यक्रममा नगर उपप्रमुख कमला खतिवडा आचार्य, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, वरिष्ट कार्यक्रम तथा योजना अधिकृत हिमराज सेंढाई, लेखा अधिकृत रामचन्द्र घिमिरे, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मोहन थापा, शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडालगायतको आतिथ्यता रहेको थियो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव उपरीक्षक गोविन्द काफ्लेले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन खगेन्द्र लिङदेनले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here