‘अख्तियारले उजुरीकर्तालाई गोप्य राख्ने’

0
599

इलाम।

मुहान सफा भए मात्रै सफा पानी आउने भने जस्तो माथिल्लो निकायका मानिस सदाचारी भएमात्रै भ्रष्टाचार नियन्त्रण हुने इलामको रोङ गाउँपालिकामा आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले रोङ– ३ को शान्ति निकेतन माध्यमिक विद्यालयमा आयोजना गरेको सामुदायिक शिक्षा कार्यक्रमको समापनमा यस्तो बताएका हुन् ।

विद्यालयका बिद्यार्थी र शिक्षक गरी १ सय १७ जनाको सहभागिता रहेको सो कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट कक्षा १० कि स्पर्श राई र कक्षा १२ का अनिष बान्तवा राई तथा शिक्षकहरुका तर्फबाट प्रधानाध्यापक हेमन्त आचार्यले धारणा राखेका थिए । उनीहरुले स्थानीय तहमा भएको भ्रष्टाचार कसरी थाहा पाउने र कहा कसरी उजुरी गर्ने जस्ता बिषयमा पनि धारणा राखेका थिए । उनीहरुले मुहानबाट नै धमिलो पानी आउँछ भने धारामा शुद्ध पानीको अपेक्षा राख्नु गलत हुने भएकाले केन्द्र र जिम्मेवार निकायका पदाधिकारीहरुले आचरण सच्याउनुपर्ने बताएका थिए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका साखा अधिकृत गणेशविक्रम बस्नेतले बिषय बस्तुको सहजीकरण गरेका थिए । सहजीकरणको क्रममा शाखा अधिकृत बस्नेतले इलेक्टेड, सेलेक्टेड र नोमिनेटेडहरु सार्बजनिक पदका हुनाले उनीहरुको गतिबिधि नियाल्नुपर्ने जिम्मेवारी बिद्यार्थीहरुको भएको बताए ।

‘रकम वा पैसा हिनामिना गर्न मात्रै भ्रष्टाचार होइन, शाखा अधिकृत बस्नेतले सहजीकरणको क्रममा भने– ‘नातागोता आफन्त वा जात धर्म दलको आधारमा कुनै काम गर्नु वा नगर्न पनि भ्रष्टाचारमा पर्दछ ।’ उनले कही कतै भ्रष्टाचारको सुइँको पाएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीको इमेल अष्बबष्तबजबचष्२नmबष्।िअयm मा जानकारी गराइदिन वा फोन नम्बर १०७ मा सोझै सम्पर्क गर्न पनि सकिने पनि बताए ।

अख्तियारमा उजुरीकर्ताको नाम ठेगाना गोप्य राखिने व्यवस्था भएको पनि उनले बताए । कार्यक्रममा बिद्यालयका शिक्षक बिद्यार्थी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन नायब सुब्बा बालकृष्ण तिम्सिना र इञ्जिनियर राकेश रोशनले गरेका थिए ।

भ्रष्टाचार गर्नेलाई कारवाही गर्नुभन्दा कारवाही गर्नुपर्ने अवस्था नै नआओस् भनेर विद्यालय स्तरमा कार्यक्रम गरेको नायव सुब्बा तिम्सिनाले बताए । बालबालिका र परिवारका अन्य सदस्यहरुका हठ र अनगिन्ती माग पूरा गर्न नसकेर पनि कर्मचारीहरु भ्रष्ट हुन बाध्य भएको पनि पाइएकाले बिद्यालय शिक्षा कार्यक्रम गरिएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here