नकुल काजी,
मान्छेमा निहित नैसर्गिक अवगुण अथवा मान्छेको व्यवहारशैलीमा उत्रिने जिराहा, मिचाहा, हेपाहा अनुनाद तथा विवेकहीन अपमानवीयता इत्यादि प्रवृत्तिगत अवगुण र परपीडक कठोरता इत्यादिकै नाम (संज्ञा) हो ‘सामन्त’ शब्द । र, यो यसकारण मानिस मात्रको चैतन्यमा अमूर्त तर सक्रिय सत्ताको स्वरुप पनि हो, जो व्यक्तिको जीवनका ब्याबहारिक अभिव्यञ्जनाको उद्बोधनमा मूर्तिमान हुने गर्दछ ।
धन–सम्पत्तिले समृद्ध व्यक्तिबाट उत्सर्जन हुने स्वाभाविक मैमत्ता, अख्तियार र शक्तिहरुको प्राप्तिबाट निसृत हुने स्वाभाविक अहंकार वा बलशाली र निर्धा–निमुखाका बीचको असौम्य बैभिन्न्य इत्यादिलाई नै बहुधा ‘सामन्त’ मान्ने उपादान मानिने परम्परागत चलन छ । तर, औसत मानिसका आवश्यकताहरुका हकमा समृद्ध व्यक्ति पनि शालीन, शिष्ट, विवेकशील, संवेदनशील आदि सद्गुणी हुन्छन् । यसकारण सामन्त शब्द व्यक्तिको मनोविज्ञानलाई संश्लिष्ट राख्ने दुर्गुण हो, जो व्यक्तिमा दबेर रहेको भावना सम्पन्नता, अधिकार र शक्ति–सामथ्र्यसंगै उजागर हुन्छ र उसको व्यवहार–पद्धतिमा मुखर हुन्छ ।
अतः एउटा गोठालो वा चाकरको जीवनबाट उकासिएको व्यक्ति पनि कुनै दिन अदम्य अधिकार र शक्तिको हकदार बन्न पुग्यो भने ऊ निर्बल हुँदाको अवस्थामा मालिकबाट सहेको दलनको पूर्वदीप्तिमा निहित पीडाको स्मरणसंग ऊ आफूभित्र ‘सामन्त’ जाग्रत गराउन उद्यत हुन्छ । महान मनोवैज्ञानिक म्याक्नलका गवेषणाहरुले यस्ता थुपै्र मनोरोगको चिरफार गरेका छन् र विश्वका कुख्यात सामन्तहरुलाई थला बसाएका छन् । मनोवैज्ञानिक म्याक्नलका गवेषणाहरुलाई त्यसै कालखण्डमा अर्का मनोवैज्ञानिक सिग्मण्ड फ्रायडले आफ्नो पहिलो कृति ‘सपनाको ब्याख्या’ (क्ष्लतभचउचभतबतष्यल या म्चभबm)–ले काँध हालेका थिए । अतः सचेत अवस्थाको मान्छेले उसमा दमित दैवी र राक्षसी भावना उसको समय–समाजमा प्रकट गर्न नसकेको तिर्खा उसले सपना (खबष्ल तबलअथ ?)–मा मेट्छ भन्ने फ्रायडले विश्वका ठूल्ठूला शोध–साहित्यका विद्वानहरुलाई अकर्षित गरेका छन् र मनोवैज्ञानिक म्याक्नलका शोधहरुको विश्व–यशस्वीयतालाई भरपर्दो पुठप्रदायी वातावरण दिएका छन् । अर्थात्, सामन्त–मनोभाव पनि त्यस्तै मानिसको अभ्यन्तरबाट व्यवहार–जगतमा उद्दीप्त अचाडू ठहर्छ भन्ने मेरो निष्कर्ष हो ।
अहिलेको शासकीय शैली र सार्वजनिक जीवनमा बिस्तीर्ण पीडालाई, माथि सांकेतिक रुपमा लेखिएका तथ्याधारित विचारको नाङ्लोमा छिन्किने हो भने, नेपालमा यसबेला छोटा–मझौला सामन्त (ाभगमब)ि मान्न सकिने स्वभावधारी विलासी जमातको भाव–संपोषित सामन्ती ढाँचा (बचष्कतयअचबतष्अ यगतष्लिभ)–बाट चल्न थालेको देखिन्छ । तर, यसलाई यसरी देख्न विदेशी पाओरफूल चश्मा होइन, नाङ्गो नेपाली आँखा चाहिन्छ, नितान्त वर्तमानमा आधारभूत वर्गका अनुभवले तिखारिएका आँखा—जसमा राजनीतिक तुँवालोको छेकबार–बाधाव्यवधान पनि नहोस् । यही अवस्थालाई सत्ता बाहिर स्वार्थ प्राप्तिको झोली थापेर पालो पर्खिरहेका राजनीतिक समूहहरु आफ्ना–आफ्ना रुचीका भाषामा ‘अधिनायकवाद’, ‘एकाधिपत्य’, ‘सर्वसत्तोन्मुख’ इत्यादि भनिरहेका छन् ।
लामै समयदेखि नजिक मित्र रहेका एकजना गनिएकै कमरेडले हालैको भेटमा, शायद उनी फोन सम्पर्क गरिवरि म कहाँ आउनुको उद्देश्य अघि सार्दै र सो थाहा नहोस् भन्ने छन्द मिलाएर, भने— “तपाईंले विगत सात–आठ महिनायता लेख र व्यंग्यका रुपमा प्रवाह गरेका वर्तमान सत्तााविरोधी विचार एकांगी जस्तो देखिन्छ, तपाईंलाई कस्तो लाग्छ ?” म सामान्य छक्कमा परें र भनें— “मैले कुनै निर्देशक सिद्धान्त थोपर्ने मनसायले आफ्नो लेखकीय विचार प्रवाह गर्ने गरेको भए र त्यसले कुनै हानी–नोक्सानी पुर्याइरहेको ठानिइरहेको भए त्यसको खण्डन गरे भइगो नि । म त्यस्तो प्रभावी हैसियत राख्ने लेखक कहाँ हूँ र ?” उनले अलिक असजिलो मान्दै भने— “हुन त त्यस्तै–त्यस्तै छ तवर–तरिका पनि ! स्थिति साह«ै राम्रो त छैन ।”
ती, वर्तमान सत्तारुढ नेकपासंग समृद्ध सम्बन्ध भएका, मित्रसंग त्यसबेला भेट–वार्ता भइरहेको थियो जुनबेला प्रधानमंत्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् र मातहतका १२ निकायमा आफ्नो प्रत्यक्ष हस्तक्षेप र निगरानी हुनेगरी आफ्नो प्रत्यक्ष नियन्त्रणमा कँज्याएका थिए र तिनका नाममा मात्र ४ अर्ब ६५ करोड ६९ लाख रुपैयाँ राष्ट्रिय बजेटबाट छुट्याएको चर्चा, गुठी प्रकरण, मानव अधिकार आयोग कँज्याउने ताउर–माउर र मिडिया विधेयक लगायतका तीता चर्चाहरुका बादल सघन बनी मडारिरहेका थिए । मैले उपर्युक्त सबै प्रकरणहरुलाई गोडमेल गर्दै भनें— “अरे मित्र ! साम्यवादी सरकारका कार्यकारी प्रमुखबाट भएको सो नाङ्गो केन्द्रीकरणरुपी सामन्ती अभ्याससंगसंगै सोही प्रमुख निर्देशित सरकारबाट भएका यी यावत एकाधिपत्य स्वरुपीय अभ्यास होइन– लोकतान्त्रिक विधि र पद्धति अनुकूल काम हुन् भनाउन त जुम्लाका ज्ञानेन्द्र शाहीलाई जस्तै हनुमान धुलाई गरेर बोल्ने मुखहरु र लेख्ने कलमहरुको ‘नसच्छेदन’ (खबकभअतयmथ) गरिसिध्याए मात्रै, नत्र नैतिक धरातलमा उभिएर र लोकलाजको ख्याल राखेर त सहज संभव छ र ?”
हाम्रो वार्ता बिसाएको थिएन । ती चिनिइएकै बाम बुद्धिजीवी मित्रलाई मैले जुन उच्चाइमा सैद्धान्तिकस्तर उठेका हुन् भन्ठानेर श्रद्धा गर्दै आएको थिएँ, शायद राजनीतिक दासताको दलन उनले स्वीकारेकाले होला, त्यो स्तर धेरै तल झरेको महसूस गर्दैथेँ म । उनका थाकमाथि थाक हल्काफुल्का प्रश्नरुपी गुमाउरा चेतावनी र खबरदारीका हाँक अनुभूत भइराखेको थियो । र, मैले भनें— “अहिलेका प्रधानमंत्री खड्गप्रसाद शर्मा ओलीको काँध उनकै पार्टी–समकक्षी पुष्पकमल दाहाल ‘प्रचण्ड’–ले फेरे भने पनि त्यो ‘काँध फेराइ’–लाई औसत जनभावनाले उपयुक्त विकल्प (बउउचयउचष्बदभि कगदकष्तगतभ) ठान्ने अवस्था छैन ।
ओलीमा भएका कतिपय नेतृत्व व्यक्तिमा चाहिने गुण बराबर राजनीतिक गुणवान् त्स उपल्लो शिविरमा यसबेला अर्को को छ त ? भनेर सोधियो भने अक्मकाउनुपर्ने अवस्थामा छु म । मैले, समग्रतामा राज्यव्यवस्था अन्तर्गत सर्बत्र छरस्ट बेथितिका घटनापरक विषयहरु मात्र मेरा लेख–टिप्पणीहरुमा उठाएको छु, मेरा व्यंग्य–लेखमा आइरहेका विषयहरु पनि कालजयी होइनन् । र, त्यस्ता विषयहरुका प्रतिको नैतिक जिम्मेवारी लिनुपर्ने संविधानद्वारा निर्दिष्ट स्थान (कार्यकारी अधिकारबाहक प्रधानमंत्री पद)–मा केपी शर्मा ओली छन् । अन्यथा, व्यक्तिगत रुपमा केपी ओली वा उनको प्रधानमंत्री पद अथवा उनले प्रमुख अध्यक्षता सम्हालिरहेको तपाईंहरुको पार्टी कसैप्रति मेरो दुराग्रह हुने कुनै कारण छैन । त्यस्तो कुनै कारण हुनै सक्तैन म जस्तो राजनीतिक पार्टीका प्रति निरपेक्ष कलमकर्मीमा । तर, मुलुकमा प्रकीर्ण बेथितिको प्रकोपका चौतर्फी पीडा भोगिरहेका नेपालीमध्ये म पनि एउटा नेपाली हूँ भन्ने बुझिदिनु पर्दछ । यस समय–सन्दर्भमा जान्ने बुझ्ने वर्गकाहरुले नै बढता पीडाबोध गर्दैछन् । म त्यसैभित्र पर्दछु ।”…..
….“वस्तुतः केपी शर्माभन्दा योग्य नेता अहिलेको भ्रष्टाचार, मिलीभगते दाइँमय सेटिङ–कमिशनको डन्डीबियोमा अर्थतन्त्र घुइँकिरहेको र दण्डहीनता पन्पाइरहेको समय–सन्दर्भले भोलिको दूरन्त भविष्यको संभावनातिर धकेलिइरहेको नेपालमा तत्कालको निस्केला ? प्रजातन्त्रोत्तर पटक–पटक सरकारमा पुगेको वर्तमान प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आफ्नै पार्टीपुर्खाको बिरासत ढल्पलिइरहेको विक्षिप्त अवस्था छ । हाल नेपाल कम्यूनिस्ट पापर्टी (नेकपा)–मा बिसर्जित भई ‘सुरक्षित अवतरण’ (कबतभ बिलमष्लन)–को सन्तोष फर्माइरहेको माओवादी प्राधिकरणतिर हेर्ने हो भने हाँगा घिरिंदा–चिरिंदा मूल (कतझmब)–को स्वरुप रुखिइसकेको छ र जीविविषा नै जीर्णावस्थामा तड्पिन थालेको भान हुन्छ । राजतन्त्र, जो आज नेपालको सनदर्भमा खहरे पनि छैन । त्यसले आफूलाई नदीको पछ्यौरामा सुरक्षित ठान्दाठान्दै नदीले समुद्रको तीनकुने दोभान (मभतिब कतबनभ)–मा होमिसकको छ— त्यसले उल्टो फन्को मार्ने कल्पना पनि स्वाभाविक छैन । विद्रोह र परिवर्तनकारी आन्दोलनहरु हाँकिरहेकाहरुको हविगत हेर्दा ‘बुहारीका खुट्टी हेर्दै के काम काट्ली !’ भन्दै हजुरआमाले ओठ लेप्र्याएकी उखान पुनरावृत्त गर्नुपर्ने अवस्था छ— यो प्रसंग देश चलाउने हो, खेलाँची छैन ।… अब भन्नोस्, कार्यकारी प्रधानमंत्रीका रुपमा केपी ओलीभन्दा असल पात्र अहिलेको हकमा को हुन सक्छ त ? ‘सामाजिक सुरक्षा भत्ता’– को सरकारी ‘नून’ खान थालिसकेको र लगभग छ दशकदेखि अक्षरखेतीमा संलग्न म गैरजिम्मेवार किसिमबाट कसैको व्यक्तिगत वा लोकतान्त्रिक बिधिबाट बहुमत प्राप्त पार्टीमाथि कुनै नकारात्मक आग्रह किन राखूँला त ? मलाई टाढा–नजिकका बाम मित्रहरुले बारम्बार सही विषयमा खबरदारी गरे झैं मेरो विचार शिथिल गराउने जमर्को गर्न थालेका छन् । आज तपाईं पनि थपिनुभयो । तर, म कालोलाई सेतो भन्न बाध्य छैन ।”
ती मित्रले, शायद बिट मार्ने सोचेर, भने— “हो, कमी–कमजोरी औंल्याइदिनुलाई त ननिको मान्नु हुँदैन । तर, तपाईंका लेखाइहरु हेर्दा तपाईंले प्रतिपक्षको प्रतिनिधित्व गरिरहेको देखिन्छ । सबै त्यसै भन्छन् ।” मैले हलुका हाँसेर भनें— “को सबै ? तपाईं बामपन्थीहरु सबै ? प्रतिपक्षको प्रमुख नेपाली कांग्रेस पार्टीको अहिले । त्यस पार्टीका धेरैजनालाई म चिन्दछु । तर, तिनले मेरा लेखकीय प्रस्तुुति हेरे–देखे जस्तो आभाषसम्म मैले पाएको छैन । नेपाली कांग्रेसलाई मेरा लेखकीय प्रस्तुतिहरुबाट सहयोग मिलिरहेको छ भन्ने नेकां शिविरले अनुभूत गरेको चर्चा कहीँ सुन्नु भएको छ त ?”
उनले छिनेरै भने— “अहँ, छैन । शायद पढ्दै पढ्दैनन् होला ।”
मैले भने— “राज्यले गरेका र गरिरहेका राम्रा कामको पनि आलोचना गर्नैपर्छ भन्ने ‘प्रतिपक्षी–बुझाइ’ एकदमै गलत हो, जसरी प्रतिपक्षीले जतिसुकै आवश्यक विषय समाएर खबरदारी गरे पनि सत्तापक्षले बेवास्ता गर्नेगर्नु गलत हो । यस किसिमको पैचारिक भावभूमिमा स्थिर मेरो कलमले कुनै मूल्यमा पनि आत्मसर्पण–आत्मविक्रय गरेको छैन ।”….
ठीक यसैबेला मोबाइलमा अलार्म बज्यो । त्यो मैले समाचार सुन्ने गरेको रेडियो खोल्ने निश्चित समयको अलार्म थियो । मैले रेडियो खोलें र हामी समाचार सुन्न थाल्यौं—
समाचारको एउटा किस्तामा बिर्तामोड नगरपालिकाका प्रमुख धु्रबकुमार शिवाकोटीको कहल (घर)–का केही सिसा कुनै आन्दोलन हुँदा आन्दोलनकारीहरुले ढुंगा हानेर फुटाएका रहेछन् र सरकारले त्यसको क्षतिपूर्ति वापत रु. तीस लाख निज शिवाकोटीलाई उपलब्ध गराएको प्रसार भयो ।
समाचार प्रशारण सिद्धिएपछि मैले भनें— “लौ तपाईं नै भन्नेस् कमरेड, अहिले हामीले सुनेको क्षतिपूर्ति सम्बन्धी समाचार प्रधानमंत्री, सरकार अथवा तपाईंहरुको कम्यूनिस्ट सरकार हाँकिरहेको नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)–को बिरोधी समाचार भन्न मिल्छ ? त्यो घटनापरक समाचार होइन र ? अब, यदि मैले यही समाचारको धरातल टेकेर यस्तो परिपाटीलाई लोकतान्त्रिक राज्यव्यवस्थाको सारभूत सिद्धान्त (ागलमबmभलतब िउचष्लअष्उभि)–को भावभूमितमाथि विश्लेषण गरें भने तपाईंहरु फेरि पनि समर्थनको ‘मार्केटिङ’ गर्न मकहाँ थुरिनु होला त ? यदि त्यसो गर्नुभयो भने मैले तपाईंहरुको त्यो हरकतलाई ‘साम्यवाद (अयmmगलष्कm)–को जनाकर्षक रेशमी दोसल्ला ओडेर सामन्तवादी चलखेलमा उद्यत सामन्त–नवसामन्तहरुको बुर्कुसी मुखर हुँदैछ यो देशमा’ भन्न पाउँछु कि पाउँदिन हँ ?”…
ती ‘बाम बुद्धिजीवी’–मा स्थापित कमरेडले दुबै हातका चोर औंलाले चल्नी दबाएर निर्वाक भूइँतिर आँखा एकोहोर्याए !…
कहिले–कहीँ यस्तो अप्रत्याशित संयोग पनि जुट्दो रहेछ !! र, आजलाई बस् यत्ति नै । शेष फेरि—