नेपालमा धानकाे उत्पादन दाेब्बर बनाइने

0
1084

काठमाडौँ ।

सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न नेपालको मुख्य बाली धानको उत्पादन बढाउनैपर्ने हुन्छ । धान उत्पादन बढाउन ल्याएका नीति र कार्यक्रम प्रभावकारी बन्दै गए उत्पादन दोब्बर बनाउने लक्ष्य पूरा हुन सक्ने छ ।

चालू आर्थिक वर्षमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भयो । गत आर्थिक वर्षको तुलनामा यो वृद्धि आठ दशमलव ८९ प्रतिशतले बढी हो । त्यति मात्र होइन, हालसम्मकै सबैभन्दा बढी धान उत्पादन भयो ।

विश्व बैङ्कले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर सात दशमलव दुई प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यसमा अनुकूल मौसमसमेतका कारण कृषि क्षेत्रको योगदानमा बढोत्तरी हुने अपेक्षा गरेको छ । आगामी आर्थिक वर्षका लागि बजेटमा आठ दशमलव पाँच प्रतिशतको आर्थिक वर्षको लक्ष्य राखिएको छ । त्यो लक्ष्य पूरा गर्न अहिले गरिरहेको धान रोपाइँको ठूलो योगदान र महŒव रहने छ ।

धान उत्पादनसँगै उत्पादकत्व पनि बढिरहेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अघिल्लो वर्ष धान उत्पादन प्रतिहेक्टर ३.५१ मेट्रिक टन रहेकोमा चालू वर्ष सात दशमलव २७ प्रतिशतले बढेर तीन दशमलव ७६ प्रतिहेक्टर पुगेको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. युवकध्वज जीसीले भन्नुभयो, “यो उत्पादन वृद्धि हुनुमा मुख्य सिँचाइ, मल र बीउ नै हो । ” सिँचाइका लागि मनसुनले साथ दियो । मलको व्यवस्थापन सरकारले ग¥यो । सिँचाइको राम्रो व्यवस्था भए नेपालीलाई नेपालीले पेट भर्न समस्या नहुने उहाँको भनाइ छ ।

चालू आर्थिक वर्षको धान उत्पादन राम्रो मनसुनले गर्दा भएको हो तर सधैँ यस्तो हुँदैन । समयमा पानी नपर्दा भने समस्या हुन्छ । पर्याप्त पानी नपरेको र साविकभन्दा झन्डै १० दिनपछि मनसुन सुरु हुँदा राष्ट्रिय धान दिवस मनाइरहँदा देशभर १२ प्रतिशत मात्र रोपाइँ भएको छ । गत वर्ष यति बेला २२.०७ प्रतिशत धान रोपाइँ भइसकेको थियो । यो वर्ष धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण नाराका साथ १६औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ ।

उच्च पहाडी तथा पहाडी भेग, काठमाडौँ उपत्यकालगायतका भूभागमा समयमा पानी परेमा असार १५ सम्म रोपाइँ लगभग मौजारो गर्ने बेला हुन्छ । तराईमा भने सयममा सिँचाइ भए असार १५ वरपर धान रोपाइँ चापाचाप हुन्छ ।
समयमा मलखाद पुगेको, वर्णशङ्कर जातका धानको क्षेत्रफल बढेको र गत वर्षको तुलनामा रोपाइँको प्रतिशत बढेसँगै प्रकृतिले साथ दिंँदा उत्पादन बढेको सचिव जीसीको तर्क छ ।

रोपाइँ हुने जमिन बढेको छैन तर गत वर्ष रोपाइँ हुन नसकेको क्षेत्रमा पनि रोपाइँ हुँदा ९७ प्रतिशत रोपाइँ भएको थियो । उहाँले थप्नुभयो, “कम्तीमा ६० प्रतिशत धानखेतमा नियमित सिँचाइ पु¥याउन सके परम्परागत धानको बीउको प्रयोगले नै धान निर्यात गर्ने अवस्थामा हामी पुग्छौँ ।-गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here