श्रद्धाद्धारा प्राङ्गारीक मल बारे अन्तरक्रिया

0
700

अर्जुनधारा।

श्रद्धा कृषि सहकारी संस्था लि.अर्जुनधारा–८को आयोजना र अग्र्यानिक बायो फर्टीलाइजर(ओबिफर्ट) प्रा.लि.को प्रायोजनमा एक दिवसीय अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

“अग्र्यानिक उत्पादनमा प्राङ्गारीक मलको प्रयोग श्रद्धा कृषिको चाहना, विषादीरहित नगर हाम्रो कामना”भन्ने मुख्य नारासहित आयोजित उक्त कार्यक्रम अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाँउपालिकाका कृषि सहकारी संस्था र समूहलाई लक्षित गरि आयोजना गरिएको संस्थाका अध्यक्ष प्रेमसागर सापकोटाले बताए ।

सहजकर्ता मल विशेषज्ञ रोशन केसीले सहजिकरण गरेको कार्यक्रमका सहभागीहरुलाई प्राङ्गारीक मलका फाईदा, ओबिफर्ट प्राङ्गगारीक मल किन ?, मलको प्रयोगलगायतका विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा कालिका बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, जलेश्वर बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष गोविन्द खतिवडा, महिला चेतना बहुउद्धेश्यीय सहकारी संस्थाकी अध्यक्ष नीलाकुमारी दाहाल, ऋद्धी सिद्धी महिला कृषि सहकारी संस्थाकी अध्यक्ष कुसुम राईलगायतको सहभागिता रहेको थियो ।

संस्थाका उपाध्यक्ष पदमकुमार सुब्बाले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सचिव छवीलाल शिवाकोटीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here