‘राष्ट्रिय वृक्षारोपण’को सन्दर्भमा दहीझोडाद्धारा वृक्षारोपण

१५ असार २०७६, आईतवार मा प्रकाशित

अर्जुनधारा।

दोस्रो राष्ट्रिय वृक्षारोपण दिवसको सन्दर्भमा अर्जुनधारा–४स्थित दहीझोडा सामुदायिक वन उपभोक्ता समूहले शनिबार वृक्षारोपण गरेको छ ।

समूहको वन क्षेत्र अन्र्तगत रहेको ब्लक नं.२को खाली जमिनमा टीक र मसला प्रजातीको २०० वटा विरुवा रोपीएको समूहकी कोषाध्यक्ष कोशी राईले जानकारी दिइन् ।


समूहका उपाध्यक्ष रामप्रसाद गिरीको अध्यक्षता र प्रमुख अतिथि वडाध्यक्ष दुर्गाप्रसाद दाहालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सहभागीहरुमध्ये ज्येष्ठ मानबहादुर दियाली र उपाध्यक्ष गिरीले संयुक्तरुपमा टीकको विरुवा रोप्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा समूह अन्र्तगत रहेको हरीयाली महिला समूहकी संयोजक सरीता राई, नर्सरी व्यवस्थापन समितिका संयोजक मुखमेल धिमाललगायतले विरुवा रोपेका थिए । समूहका सहसचिव युवराज खड्काले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन सचिव नीरामाया तामाङले गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here