मनकामना कलेजमा अब कानून संकायको पढाई

0
1148

बिर्तामोड, असार १९ । ‘एजुकेशन फर कल्चर एण्ड डिग्निटी’लाई मूल मन्त्र बनाएर बिगत दुई दशकदेखि झापाको बिर्तामोडमा सञ्चालनमा रहेको मनकामना कलेजले यस बर्षबाट कानून संकायमा पनि पठन पाठन शुरु गरेको छ ।

योसंगै ट्राभल एण्ड टुरिजम र होटल म्यानेजमेण्टका कक्षापनि सञ्चालनको तयारीमा रहेको कलेजले आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको छ ।

क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले त्रिभुवन विश्वविद्यालयले प्रविणता प्रमाणपत्र तह हटाएपछि पछिल्लो एक दशकदेखि कानुनको आधारभूत ज्ञान प्राप्त गर्न विद्यार्थी बञ्चित हुनुपरेको भन्दै विद्यार्थीको माग बमोजिम नै कलेजले कानून संकायमा पठन पाठन शुरु गरेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै शैक्षिक विभाग प्रमुख कुमार थपलियाले विद्यार्थीको भविश्य हेरेर कलेजले यसै शैक्षिक सत्रबाट कानून संकाय र ट्राभल एण्ड टुरिजम र होटल म्यानेजमेण्टका कक्षा सञ्चालनको तयारी गरेको बताउनुभयो ।

अध्ययनका लागि कक्षा ११ मा ५० हजारको प्याकेजको व्यवस्था गरिएकोे थपलियाको भनाई छ ।

मनकामना कलेजमा मानविकी,शिक्षा र व्यवस्थापन संकायसँगै मानविकी संकायको बिएमा आमसञ्चार विषयको समेत अहिले पठनपाठन हुँदै आएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार तथा प्राध्यापक गोपाल काफ्लेले बिएमा आमसञ्चार विषयमा हुँदै आएको पठन पाठनको विषयमा समेत जानकारी गराउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here