घर भत्काएपछि ४४ लाख क्षतिपूर्ति

0
522

बिर्तामोड, 

निर्माणाधीन बिर्तामोड–चन्द्रगढी सहायक राजमार्गको बिर्ताबजार क्षेत्रमा सडक सीमाभित्र परेर घर भत्काएका घरधनीहरुले बुधवार क्षतिपूर्ति पाएका छन् ।

घर भत्काउने ६ जना घरधनीहरुले ४४ लाख ७ हजार ५ सय ७२ रुपैयाँ क्षतिपूर्ति पाएका हुन् । श्रीप्रसाद राजवंशीले १ लाख ८१ हजार ९ सय, राजकुमार साहले १४ लाख १ हजार ८ सय ४०, कुलदीप भर्बेले ६ लाख ४७ हजार ६ सय २५, दिलीप राजवंशीले ४ लाख ८९ हजार ८ सय ४०, मसिनी दर्जीले ९ लाख ३९ हजार ६ सय ७५ र भूपालमान श्रेष्ठले ७ लाख ४६ हजार ६ सय ९० रुपैयाँ सरकारबाट क्षतिपूर्ति पाएका हुन् ।

गत जेठ २ गतेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले निर्माणाधीन बिर्तामोड–चन्द्रगढी सहायक राजमार्गको बिर्ताबजार क्षेत्रमा सडक सीमाभित्र परेका जग्गामा बनेका स्थायी वा अस्थायी घरटहरा तथा अन्य संरचनाहरुको क्षतिपूर्ति दिने निर्णय गरेको थियो । त्यसबारे अवगत गराउँदै सडक डिभिजन दमकका इञ्जिनियर चन्द्रेश्वर साहले पूर्णरुपमा भत्काउनेहरुलाई चेक हस्तान्तरण गरेको बताउँदै अन्यलाई घरटहरा भत्काएपछि क्रमशः क्षतिपूर्ति दिँदै जाने जानकारी दिए ।

सो सडकको सीमाभित्र २९ जनाको घर परेको छ । उनीहरुलाई ३ करोड १ लाख ५४ हजार ५ सय ६८ रुपैयाँ क्षतिपूर्ति दिने सरकारले निर्णय गरेको छ । ३ नं वडा कार्यालयमा भएको चेक हस्तान्तरण कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाका शाखा अधिकृत देवराज कार्कीले यो सडकका लागि धेरैले त्याग गरेको बताए ।

बिर्तामोड –३ का वडाध्यक्ष भोजराज सिटौलाले जनताले आर्जेको सम्पति सरकारले अधिग्रहण गर्दा क्षतिपूर्ति दिनुपर्छ भन्ने नजिर बनेकोमा खुशी ब्यक्त गरे । कार्यक्रमको सञ्चालन वडा सचिव भीम अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here