गौ मूत्रबाट औषधि !

0
805

झापा।

झापामा गौ मूत्रबाट औषधि उत्पादन गर्न शुरु गरिएको छ । शिवसताक्षी नगरपालिकास्थित धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा गौअर्क ब्राण्डको औषधि उत्पादन गर्न शुरु गरिएको हो ।

धाममा २०७१ सालमा स्थापना भएको गोलोक गोवद्र्धन गौशाला स्थापना भएको थियो । गौशालाका उन्नत तथा स्वस्थ गाईको मूत्र भुईँमा झर्न नदिई सोझै संकलन गरी वाष्फिकरणको प्रक्रियाबाट पुनः तरल पदार्थमा रुपान्तरण गरी गौअर्क उत्पादन हुने गरेको गौशालाका संरक्षक नन्दकिशोर भारद्वाजले जानकारी दिए । उनले दैनिक ४० लिटर गौअर्क उत्पादन हुने बताए । उनले भने– गौअर्क पेट लगायत रोगको उपचारमा प्रयोग हुन्छ ।

गौशालाले बलको जुस, गोबरको कोइला, अगरबत्ती, हवन सामग्री, गँड्यौला मलको पनि उत्पादन शुरु गरेको छ । गँड्यौला मल देनिक एक क्वीन्टल उत्पादन हुने गरेको छ । गौशालामा आयुर्वेदिक औषधिको व्यावसायिक उत्पादन गर्ने तयारी गरिएको गौशालाको व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएका लीला शास्त्रीले जानकारी दिए ।

गौशालामा रहेका गौको स्वास्थ्य उपचारको लागि धाममा गौ अस्पताल निर्माण भएको छ । गौशालाले करोडौँ रुपैयाँको लागतमा शिव लिंग र मन्दिर निर्माण गरिरहेको छ । गौशालाले हरिदेव गुरुकुल विद्यालयसमेत सञ्चालन गरिरहेको छ ।
गोलोक गोवद्र्धन गौशाला धाम स्थापना भएपछि सताक्षीधामको मुहार परिवर्तन आएको बताइएकोछ ।

गौशालाको स्थापना पछि सडक मर्मत भएको छ भने विद्युत पनि पुगेको छ । धामको मुख्य क्षेत्रमा ड्रेन निर्माण भएको छ भने थप व्यवस्थित बनाउने कार्य नगरपालिकाले गरेको छ । मठ मन्दिर निर्माण, भौतिक पूर्वाधारको बिकासले सताक्षीधाम राम्रो धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा बिकास हुँदै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here