बिर्तामोड ।
सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोडले आज आयोजित एक कार्यक्रमकाबीच २० लख ५० हजार रुपैयाँ आफ्ना शेयर सदस्यलाई बितरण गरेको छ ।
आफ्ना शेयर सदस्यको मृत्युपछि दिइने ‘परिवार राहत कार्यक्रम’ अन्र्तरगत नौ लाख रुपैयाँ ६ जना शेयर सदस्यलाई बितरण गरेको छ भने ७ जना शेयर सदस्यलाई ११ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ ।
‘जीवन वरदान कार्यक्रम’ अन्र्तरगत आफ्ना शेयर सदस्य विरामी हुँदा औषधि उपचारका लागि सहज होस् भन्दै सहकारीले ७ जनालाई ११ लाख ५० हजार रुपैयाँ प्रदान गरेको हो ।
सहकारीका उपाध्यक्ष उपेन्द्र ओलीको अध्यक्षतामा भएको कार्यक्रमकाबीच कनकाई नगरपालिका – ३ निवासी इश्वर थपलियाले उहाँका श्रीमान होमवहादुर वस्नेतको मृत्यु पछि एक लाख रुपैयाँ सहयोग पाउनु भएको छ ।
त्यस्तै सोही ठाउँ निवासी केशवकुमार शिवाकोटीको मृत्युपछि उहाँकी श्रीमती कमलादेखि सिटौलाले २ लाख रुपैयाँ सहयोग प्राप्त गर्नु भएको छ । यसैगरी अर्जुनधारा– ५ निवासी पुष्पादेवि वस्नेतको निधनपछि उहाँका श्रीमान प्रेमवहादुर वस्नेतले दुई लाख, शिवसताक्षी – ९ निवासी फूलमाया वेघाको निधनपछि उहाँका श्रीमान धनवहादुर लिम्बूले एक लाख , वुद्धशान्ति – ३ का ज्ञानु श्रेष्ठको निधनपछि उहाँकी श्रीमती निर्जला श्रेष्ठले एक लाख र दमक ६ निवासी पुष्पलता थापाको निधनपछि उहाँका छोरा सुदनकुमार थापाले २ लाख रुपैयाँ राहत रकम पाउनु भएको छ ।

त्यस्तै जीवन वरदान कार्यक्रम अन्तरगत स्वास्थ्य उपचारका लागि कनकाई – ३ निवासी इश्वरा ढकालले ५० हजार रुपैयाँ प्राप्त गर्नु भएको छ । यस अघि उहाँले ४१ हजार ७ सय २ रुपैयाँ प्राप्त गरिसकेको बताइएको सहकारीकी कर्मचारी सुशीला वोहोराले जानकारी दिनुभयो । ढकाललाई स्तनको शल्यक्रिया गर्न सहकारीले सहयोग रकम प्रदान गरेको बताइएको छ । सोही ठाउँ निवासी नमिता काफ्लेले घाँटीको शल्यक्रियाका लागि २ लाख रुपैयाँ सहयोग प्राप्त गर्नुभएको छ । उहाँले पनि यस अघि थप दुई लाख रुपैयाँ प्राप्त गरेको बताइएको छ ।
यता वाह्रदशी – ५ केन्द्रमाया कार्कीले टाउँकाको शल्यक्रियाका लागि एक लाख रुपैयाँ पाउनु भएको छ । उहाँले समेत यस अघि २ लाख रुपैयाँ प्राप्त गरिसक्नु भएको छ सहकारीका सहायक प्रवन्धक भक्त वहादुर खड्काले जानकारी दिनुभयो ।
त्यस्तै बिर्तामोड– ४ निवासी पदमवहादुर थापाले टाउकाको ट्युमरको शल्यक्रियाका लागि दुई लाख रुपैयाँ प्राप्त गर्नुभएको छ । उहाँसंगै बिर्तामोड– १ का गंगाराम भट्टराईले टाउकाकै ट्युमरको शल्यक्रियाका लागि २ लाख रुपैयाँ सहयोग रकम प्राप्त गर्नुभएको छ ।
कनकाई – ९ निवासी कमलामाया प्रधानले टाउकाको शल्ययिक्रयाका लागि ३ लाख रुपैयाँ प्राप्त गर्नुभएको छ भने वुद्धशान्ति – ३ निवासी ज्ञानु श्रेष्ठले हाइड्रोशीलको शल्यक्रियाका लागि एक लाख रुपैयाँ सहयोग प्राप्त गर्नुभएको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।
कार्यक्रममा सहकारीका सहसचिव ज्ञानु मैनाली, कोषाध्यक्ष डम्वर देउजा, सामाजिक सुरक्षा संयोजक डिल्ली सिटौला, स्वास्थ्य समिति सदस्य कृष्ण गिरी लगायतले सहकारीको सेवा सुविधाका विषयमा आफ्ना शेयर सदस्यलाई जानकारी गराएका थिए ।































