भाषा–संस्कृतिको हत्या हुँदै गएको भन्दै चिन्ता

0
545

सुरुङ्गा।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. टंकप्रसाद न्यौपानेले नेपालमा भाषा–संस्कृतिको हत्या हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

कनकाई प्रतिभा प्रतिष्ठानको आयोजनामा कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको सभाहलमा सम्पन्न साहित्यिक कार्यक्रमका प्रमुख अतिथि डा. न्यौपानेले त्यस्तो चिन्ता प्रकट गरेका हुन् ।

उनले नेपाली लगायत नेपालमा बोलिने सबै भाषा र संस्कृतिको संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिए । विकास निर्माणको परिभाषाभित्र भाषा, संस्कृति पनि पर्ने बताउँदै उनले स्थानीय र प्रदेश सरकारले समेत यसको संरक्षण र विकासमा ध्यान पु¥याउनु पर्नेमा जोड दिए ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेशसभा सदस्य हीराकुमार थापाले भाषा, लिपिको संरक्षण र सम्बद्र्धनमा प्रदेश सरकार लागी परेको बताए ।

कार्यक्रममा श्रष्टाहरु हरिप्रसाद न्यौपाने, मित्रप्रसाद दाहाल, हरिभक्त संग्रौला, मीना अधिकारी, देवीचरण भण्डारी, कृष्ण सुवेदी निराकार, महेन्द्र गौतम, टीका भट्टराई नेपाल, प्रयागराज काप्mले लगायतले रचना वाचन गरेका थिए । सो अवसरमा कवि ज्ञानराज सुवेदीको सत्रांै कृति खण्डकाव्य ‘ज्ञान सरोवर’ को लोकार्पण समेत गरिएको थियो । विमोचित कृतिमाथि साहित्यकार हरिनारायण भट्टराईले समीक्षा प्रस्तुत गरेका थिए ।

कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष कोमलप्रसाद पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा जीवनाथ सुवेदीले स्वागत गरेका थिए भने सञ्चालन श्रीप्रसाद भेट्वालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here