एनआइसी एसियाको व्राञ्चलेस सेवा खुदुनावारीमा

२२ असार २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड ।

एनआइसी एसिया बैंकले झापाको खुदुनाबारीमा शनिवारबाट शाखारहीत बंैकिङ सेवा सुचारु गरेको छ ।

शनिवार आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि अर्जुनधारा नगरपालिका –२ का वडाध्यक्ष रघुनाथ खनालले उक्त कार्यालयको उद्घाटन गरेका हुन् ।

ग्रामीण क्षेत्रमा रहेका ग्राहकहरुबीच अत्याधुनिक प्रविधिको प्रयोग गर्दै सहज किसिमले वित्तीय पहुँच पुर्याउने उद्देश्यले शाखारहीत बंैकिङ सेवा सुचारु गरिएको एनआइसी एसिया विर्तामोड शाखाका प्रबन्धक दशरथ पराजुलीले बताए ।

त्यहाँबाट तोकिएको सीमासम्मको रकम जम्मा गर्न तथा झिक्न सकिने, रकम पठाउन तथा प्राप्त गर्न सकिने, विभिन्न उपयोगी सेवाहरुको महशुल भुक्तानी, कर्जाको सहजीकरण लगायत थुप्रै बंैकिङ सेवाहरु लिन सकिने पराजुलीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि खनाल, एनआइसी एसियाका क्षेत्रीय प्रबन्धक श्याम निरौला, अर्जुनधारा नगरपालिका वडा न –२ की वडा सदस्य विमला रोक्का, वडा न. ३ का वडा सदस्यद्वय निर्मला घिमिरे र होम दुलाल, स्थानीय समाजसेवी लोकमान श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सरोज ढुङगानाले गरेका थिए ।

एनआइसी एसियाले हाल २ सय ८५ वटा शाखा कार्यालयहरु, २ सय ९५ वटा एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर र ३७ वटा शाखारहीत बंैकिङ इकाईमार्फत सेवा प्रदान गरिरहेको छ ।

करिब १६ लाख ग्राहकहरु भएको उक्त बंैंक मुलुककै सबैभन्दा बढी शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here