न्यूटन्सका १२ कक्षाका विद्यार्थीलाई सचेतना

0
975

बिर्तामोड।

झापाको बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकेडेमीले विद्यार्थीलाई लागूऔषध दुव्र्यसन तथा साइवर क्राइम सम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।

युवा अवस्थामा रहेका विद्यार्थी गलत बाटोमा जाने सक्ने खतरालाई ध्यानमा राखेर न्यूटन्स एजुकेशनले कक्षा १२ का विद्यार्थीलाई सचेतनामूलक कार्यक्रम गरेको विद्यालयले जनाएको छ ।

बिर्तामोड–ंं ५ वडा सदस्य लक्ष्मीप्रसाद बाँस्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–५ का वडाध्यक्ष डीआर कडरिया, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक मोहनकुमार थापा, सामाजिक अभियान्ता देवी गिरी, मोहनमाया माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण राजवंशी लगायतको आतिथ्य रहेको थियो ।

विद्यालयका कोअर्डिनेटर देवेन्द्र हुमागाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक पुण्य रिमालले गरेका थिए । कार्यक्रमकोे सहजीकरण इलाका प्रहरी र्काालय बिर्तामोडका डीएसपी थापा र पुनमकुमार चौधरीले गरेका थिए ।

उनीहरुले लागूऔषध दुव्र्यसन तथा साइवर क्राइमबाट कसरी बच्ने लगायतका विभिन्न विषयमा विद्यार्थीलाई जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here