गलबन्दीका गायकलाई सम्मान

0
522

बिर्तामोड।

बिश्वकर्मा एकता समाज,नेपाल झापा जिल्ला कार्यसमितिले दुई लोकगायकलाई सम्मान गरेको छ ।

लोकगायक प्रकाश सपुत र शान्तिश्री परियारलाई झापाको बिर्तामोडमा शनिवार सम्मान गरिएको हो । जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनीरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिसहित जसमाया गजमेर, गोपाल लकान्द्री लगायतले सम्मानपत्र प्रदान गरेका थिए । लोक गायन क्षेत्रमा चर्चा कमाइ रहेका सपुत र परियारलाई नेपाली गीत संगीतको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको बताइएको छ । उनीहरुको पछिल्लो लोकगीत गलबन्दी चर्चाको शिखरमा छ ।

शिखर बजार बिर्तामोडले आयोजना गरेको गलबन्दी दोहोरी नाइटमा सहभागी हुन उनीहरु झापाको बिर्तामोड आएका हुन् । गलबन्दी दोहोरी नाइट बिर्तामोडको सिटी प्यालेसमा शनिवार सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here