बस र मोटरसाइकल जुध्दा मृत्यु

0
659

बर्दिया । 

बाँसगढी नपा– ३ उत्तर भकारीस्थित महेन्द्र राजमार्गमा बस र मोटरसाइकल आपसमा जुध्दा मोटरसाइकलमा सवार एकको उपचारका क्रममा मृत्यु भएको छ ।

बाँसगढी नगरपालिका–३ उत्तर भकारीका ३१ वर्षीय संरचना थारुले चलाएको भे१ख २८३६ नंको बसले नपा–४ बछुवाका ४५ वर्षीय छोट्राम चौधरीले चलाएको भे४प ७८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा उहाँको टाउकामा ठूलो चोट लागेकाले उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेजमा पु¥याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

अहिले उत्त बस र चालक थारुलाई प्रहरीको नियन्त्रण लिएर अनुसन्धान थालिएको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here