झापाका बाढीप्रभावित क्षेत्रमा संघ र प्रदेश साँसदको संयुक्त अनुगमन

0
657

विनोद सापकोटा / झापा।

चार दिनदेखिको अविरल वर्षाका कारण झापाको कनकाई, मेची, विरीङ, मावा, कमल, निन्दा, देउनियालगायत नदीमा पानीको बहाव बढेको छ ।

आईतवार दिउसो देखि वर्षा रोकिएपन नदि नालामा पानीको सतह घटेको छैन । नदीहरूमा पानीको बहाव बढ्दा तटीय क्षेत्र कटान सुरु भएको छ । नदी आसपासका स्थानीयलाई सुरिक्षत स्थानतर्फ हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

शनिवार राति कनकाईमा आएको बाढीले तटीय क्षेत्र कटान गर्दै बाँधसमेत फुटाएको छ । बाँध फुटाउँदा गौरीगञ्जका करिब ३२ घरपरिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ । साबिक महाभारा पाँच हाल गौरीगन्ज गाउँपालिका एक स्थित होकलबाडीका ३२ घरपरिवार बाढीका कारण विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विस्थापित भएका घरपरिवारलाई स्थानिय इन्द्रेणी प्रावि गौरीगञ्जमा राखिएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । कनकाईमा रहेको जनता तटबन्ध भत्किएको कारण बाँध फुटेर बस्तीमा पानी छिरेपछि उनीहरूलाई सुरक्षित स्थानतर्फ सारिएको हो ।

त्यसैगरी अविरल वर्षाले घर भत्किँदा झापा गाउँपालिकामा २ जना घाईते भएका छन । गाउँपालिका चार बस्ने ३५ वर्षीय राजकुमार कोच र उनका १२ वर्षीय छोरा रामचन्द्र कोच घाइते भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । प्रहरीका अनुसार वर्षाले फुस र टाटीको बेरा भएको एक तले घर भत्किएकोले बुबा छोरा घाइते भएका हुन ्। दुवै जनाको स्थानीय स्वास्थय चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैविच झापा निर्वाचन क्षेत्र नम्बर ४ का संघिय साँसद एलपि साँवा लिम्वु र प्रदेश साँसद झलकवहादुर दर्लामी मगरले आफ्रनो निर्वाचन क्षेत्रमा वाढीले पुर्याएको क्षतिको स्थलगत अवलोकन गरेका छन । शिवसताक्षीको वडा नम्बर ४,५,६,८ गौरिगञ्ज गाँउपालिकाको १ र २ नम्बर वडामा वाढीले पुर्याएको क्षतिको बारेमा उनिहरुले जानकारी लिएका हुन ।

साँसद साँवा र मगरले वाढीबाट चपेटामा परेका परिवार संग प्रत्यक्ष कुराकानी समेत गरेका छन । साँसद द्धयले बाढीबाट पिडीत बनेका परिवारलाई तत्काल राहतका लागि आफुले सरकार संग पहल गर्ने वताए । बाढीको दिर्घकालिन समाधानका लागि तटवन्ध लगायतका अन्य कार्यक्रमलाई आउदो आवमा समेटने पनि उनिहरुले विस्थापित परिवारलाई आस्वसन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here