एक नम्बर प्रदेशमा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या २१ पुग्यो

0
658

विनोद सापकोटा / झापा।


पूर्वका बिभिन्न स्थानमा परेको अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ । सोमबार मात्र झापा, मोरङ्ग र सुनसरीमा १÷१ जना गरी ३ जनाको मृत्यु भएपछि प्रदेश नम्बर १ मा वाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २१ पुगेको हो ।
१ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरका सुचना अधिकारी प्रहरी वरिष्ठ उपरिक्षक किशोर कुमार दाहालका अनुसार सोमबार झापाको मेचीनगर नगरपालिका १३ का गंगाराम प्रसाईको अढाई बर्षीय छोरा अजित प्रसाईको खोलाले बगाएर मृत्यु भएको छ । बिहान ७ बजे बाबु खेतमा गएको र छोराले बाबुलाई पछ्याउदै जाने क्रममा स्थानिय फुलवासा खोलाले उनलाई वगाएको थियो ।
आफ्नै छोरालाई खोलाले बगाउदै गरेको स्वयम बाबुले नै देखेपछी स्थानीयवासी समेतको सहयोगमा तत्काल उद्धार गरेपनी उनको उपचारको क्रममा बिर्तामोडको बीएण्डसी अस्पताल मृत्यु भएको हो ।
यता मोरङको रङगेली नगरपालिका ९ मा रहेको गेउरीया खोला किनारामा एकजना युवकको बेवारीसे लाश भेटिएको छ । उक्त लास खोलाले वगाएर ल्याएको स्थानिय प्रहरीको भनाई उध्रित गर्दे प्रदेश प्रहरीले जनाएको छ । अन्दाजी बर्ष २८ को जस्तो देखिने पुरुषको शव गेउरीया खोला किनारामा फेला परेको प्रहरी वरिष्ठ उपरिक्षक दाहालले जानकारी दिए । मृतकको हाल सम्म पहिचान खुल्न सकेको छैन ।
यस्तै सुनसरीको हरिनगरा गाउँपालिका २ का अकबल मियाको १२ बर्षीय छोरा तोसिब मियाको स्थानिय नहरमा डुबेर मृत्यु भएको छ । भुटाह—सिसुवा धरमपुर सडक खण्डमा पर्ने नहरको डिलबाट चिप्लिएर नहरमा डुब्दा उनको मृत्यु भएको हो ।
१ नम्बर प्रदेशको भोजपुरमा बाढी पहिरोवाट सवैभन्दा धेरै ५ जनाको मृत्यु भएको १ नम्बर प्रदेश कार्यलय बिराटनगरले जनाएको छ । ओखलढुँङ्गमा ४, खोटाङ्गमा ३, र झापामा पनि वाढीबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
यस्तै उदयपुरमा २ जनाको मृत्यु भएको छ भने ईलाम, पाँचथर, मोरङ्ग, संखुवासभा, मा एक एक जनाको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । बाढी र पहिरोवाट वेपत्ता हुनेको संख्या एक नम्बर प्रदेशमा ९ पुगेको छ । प्रदेश प्रहरीका अनुसार वाढीपहिरोबाट घाईते हुने को संख्या १६ र बाढी पहिरोको कारण पूर्ण विस्थापितको संख्या ६ हजार ३ सय १ रहेको प्रदेश प्रहरी का सुचना अधिकारी प्रहरी बरिष्ठ उपरिक्षक दाहालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here