समाजसेवामा अग्रसर हुँदै थेवे

0
867

झापा ।

बुद्धशान्ति गाउँपालिका–४ स्थित सृजानबस्तीका शेरबहादुर साँवालाई आइतबार एक कार्यक्रमको आयोजना गरी ह्वील चेयर प्रदान गरिएको छ ।

स्थानीय समाजसेवी डाइमन्ड थेवे [सुरज]ले सृजनशिल महिला समूको सहजिकरणमा उक्त चेयर साँवालाई प्रदान गरेका हुन् । आर्थिक रुपमा अशक्त तथा गरिबीको चेपेटामा परेका शेरबहादुर केही समय अघि हिँड्दा हिँड्दै प्रेसर हाई भएर लडेपछि प्यारालाइसेस भएका थिए ।

साँवाकी श्रीमतीको पनि केही समय अघि मृत्यु भएको थियो । आर्थिक अवस्था पनि अत्यन्तै कमजोर भएकोले आफूँलाई सहयोग गनुुहुर्ने सम्पूर्ण समाजसेवीहरुमा धन्यवाद दिदै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा राखेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here