कारागारमा जन्म दिनमनाउँदा दुई महिला छुटे

0
1762

बिर्तामोड।

चेलिवेटी वेच विखन मुद्दमा दोषी ठहर गर्दै जिल्ला अदालत झापाले जरिवाना सहित कैद फैसला गरेका दुई महिलालाई बिर्तामोडका व्यवसायीले जरिवाना वापतको रकम दिएर कैद मुक्त गराएका छन् । अर्जुनधारा नगरपालिका निवासी ५६ वर्षीया लक्ष्मी माया विक र रुपन्देही घर भएकी ४४ वर्षीया माया विकलाई जरिवान वापतको रकम प्रदाद गर्दै कैद मुक्त गराएका हुन् ।

धनमायाले १२ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना वापतको रकम वुझाउनु पर्नेमा कैद भुक्तान गरेपनि जरिवाना वापतको रकम प्रदान गर्न नसकेपछि बिर्तामोडका व्यवसायी प्रकाश शिवाकोटी र निर्मल भट्टराई र एवीसी नेपाल नामक संस्थाले आर्थिक सहयोग गर्दै उनलाई कैद मुक्त गराएका हुन् । धनमायाले १२ वर्ष कारागारमा रहदा भित्रै काम गरेर ५० हजार रुपैयाँ जम्मा गरेको र वाँकी रहेको ५० हजार रुपैयाँ प्रदान गरेपछि उनी कैद मुक्त भएकी हुन् ।

उनलाई कैद मुक्त गराउन विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष प्रकाश शिवाकोटी र नेपाल अलैंची व्यवसायी महासंघका निर्वतमान अध्यक्ष निर्मल भट्टराईले आर्थिक सहयोग गरेका थिए । उनीहरुले आफ्नी छोरीको जन्म दिनको अवसर पारेर आर्थिक सहयोग गरेका हुन् ।

विरामी अवस्थामा रहेका उनीहरुलाई सहयोग गर्दै कैद मुक्त गराएपछि लक्ष्मीले भनिन्– आफ्नाले गर्न नसकेर नगरेपनि अघिल्ला जन्मका छोराहरुले मलाई कैद मुक्त गराएको भन्दै गहभरी आशु पार्दै चीरायुको कामना गरिन् उनले भनिन्– यि वावुहरु मेरा अघिल्ला जन्ममा छोरा रहेछन् उनीहरुले मलाई नचिनेपनि छोराको अभिारा पूरा गर्दै कैद मुक्त गरे उनीहरुलाई जन्म जन्म फलिफाव होस् ।

उनीमात्र होइनन् रुपन्देहीकी माया विकले पनि शिवाकोटी र भट्टराई सहित एवीसी नेपाललाई धन्यवाद ज्ञापन गरेकी थिइन् । विकद्वयलाई कैद मुक्त गराउन शिवाकोटी र भट्टराईले नगद–२०÷२० हजार र एवीसी नेपालले १८ हजार दुई सय रुपैयाँ प्रदान गरेका थिए ।

आर्थिक रुपमाा विपन्न अनि शारीरिक रुपमा अशक्त रुपमा रहेका उनीहरुलाई कैद मुक्त गर्दै शिवाकोटीले भने– छोरीको जन्म दिनमा गरिने फजुल खर्चले सहयोग गर्दै वृद्ध आमालाई कैद मुक्त गराउन पाउँदा वेग्लै आनन्द महसुस भइरहेको छ । आगामी दिनमा पनि यस्तै सत्कर्ममा लाग्ने प्रेरणा उहाँवाट लिएकाले यस्तै काममा लाग्ने प्रण गर्दछु ।

उनीमात्र होइन भट्टराईले पनि कसैको सानो सहयोगले कसैको जिन्दगी सहज बन्छ भन्छ भन्ने अभिप्रायले नै उहाँहरुलाई आर्थिक सहयोग गरेका हौं । उहाँहरु ऋव समाजमा अभियन्ताका रुपमा चिनिनुहुन्छ भन्ने हाम्रो आशा छ ।

त्यस्तै एवीसी नेपालकी अध्यक्ष कञ्चना ढकाल सिटौटाले कतिपय मानिस परिवन्दका कारण पनि जेल पर्न सक्ने भएको हुँदा उनीहरु परिवन्दमा परेको हुनसक्ने लागेर कैद भुत्तान गरेपछि आर्थिक अभावका कारण जेलमै रहनु भन्दा सहयोग गरेर उनीहरुलाई कैद मुक्त गराएको उनको भनाई छ ।

त्यस्तै सोही संस्थाकी उपाध्यक्ष रेखा अधिकारीले सवैलाई कैद मुक्त गर्न सकिदैन त्यसमा विपन्न र आर्थिक अवस्था कमजोर तथा अशक्तलाई हामीले रकम प्रदान गर्दै उद्घार गरेका हौं । उनीहरुले प्रदान गरेको एक मुष्ट ५८ हजार दुई सय रुपैयाँ कारगारकी महिला विभागकी चौकीदार भैरवादेवी श्रेष्ठले ग्रहण गरेकी थिइन् ।

यता कारागार प्रमुख राजेन्द्र निरौलाले कारागारमा थुनिएर रहेका कैदीका लागि अरुले नै आर्थिक सहयोग गर्दै कैद मुक्त गराएको घटना यो पहिला उदाहरणीय काम भएको बताएका छन् । उनले कारागारमा कैदी बन्दीको संख्या झण्डै तेव्वर भएपनि आन्तरिक व्यवस्थापनका हिसावले झापा कारगार राम्रो रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here