दोर्दीको बाढीले पु¥याएको क्षतिप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

0
474

कास्की।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ जिल्लास्थित दोर्दीखोलामा यही साउन ८ गते आएको बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

बाढीमा परी ज्यान गुमाउने माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् परियोजनाका कामदारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दैै उहाँले शोकसन्तप्त परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री गुरुङद्वारा जारी विज्ञप्तिमा बेपत्ताहरु सकुशल फेला पर्ने अपेक्षासहित खोजी, उद्धार र राहतका लागि जुट्न सबैमा आग्रहसमेत गरिएको छ ।

उहाँले यस किसिमको प्राकृतिक विपत्ति आउनसक्ने सम्भावनालाई ध्यान दिँदै आवश्यक पूर्वतयारीमा जुट्न र सावधानी अपनाउनसमेत सबैमा आग्रह गर्नुभएको छ ।

दोर्दीखोलामा निर्माणाधीन जलविद्युत् आयोजनाको काम गर्दै गरेका कामदारलाई बाढीले बगाएको थियो । बाढीमा परेका चारको शव फेला परेको छ भने सात हराइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here