चौतारामा बहुप्राविधिक शिक्षालय

१० श्रावण २०७६, शुक्रबार मा प्रकाशित

मेलम्ची ।

प्राविधिक शिक्षा आर्जन गर्न विभिन्न प्रविधिक शिक्षालय धाउन बाध्य चौतारा साँगाचोकगढी नगरपालिकालगायत आसपासका विद्यार्थीलाई अब अन्त धाउन नपर्ने भएको छ ।

जनयुद्धका शहीद कमल शर्मा (दिनेश) र गोविन्द बजगाईं (रामजी) को नामबाट चौतारामै दिनेश–रामजी स्मृति बहुप्राविधिक शिक्षालय स्थापना भएपछि विद्यार्थी यस्ताखाले झन्झटबाट मुक्त भएका हुन् ।

आफ्नै क्षेत्रमा आफ्नै घरको रुखोपिठो खाएर प्राविधिक र व्यवहारिक शिक्षा हासिल गर्ने उनीहरुको धोको पूरा गरेको हो प्रदेश नं ३ सरकारले । उक्त प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालको प्रयासमा यो शिक्षालय स्थापना गरिएको हो । शिक्षालयले यही साउन ७ गतेबाट सिभिल इञ्जिनीयरिङ र सूचना प्रविधिका लागि भर्ना आवेदन फारम वितरण गरिरहेको छ ।

मन्त्री दुलालले भन्नुभयो, “यस शिक्षालयले सिन्धुपाल्चोकमा शैक्षिक र प्राविधिक क्षेत्रमा नयाँ इतिहास रच्ने छ ।” हाल शिक्षालयको कक्षा चौतारा बहुमुखी क्याम्पसमा सञ्चालन गरिने र नयाँ भवन निर्माण पनि यसै वर्ष शुरू गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here