बिर्तामोड।

बाबु आमाको अपराध प्रमाणित भएपछि कारागार पुगेका निर्दोष बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने इन्दिरा राना मगरको दिनचर्या बालगृहका बालबालिकाहरुसंगै बित्ने गर्छ । ‘बन्दी सहायता–नेपाल’ कि सञ्चालक मगर शनिवार पनि बालवालिकासंगै रमाइरहेकी थिइन् ।
झापाको अर्जुनधारा – ११ मा रहेको बन्दी सहायता नेपालद्वारा सञ्चालित जुनकिरी प्रावि तथा चिल्ड्रेन होम केयरका बालबालिकालाई शनिवार उनी साइकल बितरण गरिरहेकी थिइन् । उदार भावना भएकी मगर आफैंमा प्रकृति प्रेमी भएकाले चिल्ड्रेम होम केयरका वालवालिकालाई दाताकै सहयोगमा साइकल जुटाएर बितरण गरिरहँदा उनको मुहारमा झल्किएको खुशी र आनन्द सवैका लागि अनुकरणीय देखिन्थ्यो ।
‘जतिवेला उनले ‘नोबेल प्राइज’ जितेकी थिइन् त्यो वेला उनको मुहारमा देखिएको खुशी र वालवालिकालाई साइकल बितरण गर्दाको खुशीमा कुनै कमी देखिएन’ जुनकिरी आधारभूत विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले भने–‘ वालवालिकासंगै सधै रमाउने उहाँको अद्भूत क्षमताको म तारिफ नगरी सक्दिन ।’
शनिवार पनि थाइल्याण्ड साइकल क्लबको सहयोगमा साइकल तथा १ नम्बर प्रदेश सरकारको सहयोगमा खाद्यान्न साथै स्कूल व्याग वितरण गरिरहेकी इन्दिराले भनिन् – आज पनि म फेसवुकमा राखेको इष्टाटसबाट जुटेको सहयोग मेरा छोरा छोरीलाई बाढिरहेकी हु । यो सहयोग म सट्याक्क सुटुक बाढ्न सक्थे तर, सबैलाई सहयोग प्रदान गर्ने प्रेरणा मिलोस् भन्दै कार्यक्रमको आयोजना नै गरेरै वालवालिकालाई साइकल वितरण गरिएको हो ।’
थाइल्याण्डका नागरिक तथा वातावरण विद् डा.थाङचोइ एनसाउतले २८ वटा साइकल थाइल्याण्ड साइकल क्लबका तर्फबाट उपलब्ध गराएपछि झापा क्षेत्र नं.–२ का प्रदेश सांसद बृख प्रधानको प्रमुख आतिथ्यमा वालवालिकालाई वितरण गरिएको थियो ।
आफूपनि पनि साइकल चढ्न रुचाउने भएको हुँदा उनीहरुलाई पनि साइकल वितरण गरिएको हो इन्दिराले भनिन् –साइकल चढ्नुको वेग्लै मज्जा छ । साइकल चढे शरीर पनि स्वास्थ्य रहने र वातावरणमैत्री भएकाले साइकलको महत्व दर्शाउन यसरी साइकल बितरण गरिएको हो ।
सो समारोहमा विगत सम्झदै उनले भनिन् – म यहीँकी वासिन्दा हुँ, म सुकुम्वासी परिवारमा हुँर्किए, आधारभूत आवश्यकताको कमीकै कारण अरुकोमा खेताला पनि गरेकी छु । हजुरबुवाले लिएको ऋण चुक्ता गर्न बुवाले अर्काको घरमा काम गर्नुभएको मैले बिर्सिएकी छैन । अभावका कारण कोही पनि वालवालिका शिक्षाबाट वञ्चित हुनु नपरोस भन्दै यस्तो सामाजिक काममा लागेकी हुँ प्रफुल्ल हुँदै उनले भनिन् – सेवा गर्न रहर अझैं छ सकुञ्जेल यस्तै कर्ममा लागिरहन्छु ।
अर्जुनधारा नगरपालिका – ११ मा रहेको मनमाया आमा, गंगा आमा, खुदुनावारी होम मदर अर्थ चिल्ड्रेन होम डे केयरका बालबालिकालाई प्रदेश सरकारको सहयोगमा शैक्षिक सामग्री र खाद्यान्न समेत प्रदान गरिएको थियो ।
वन्दी सहायता नेपालद्वारा सञ्चालित सोही होम डे केयरका वालवालिकाका लागि१ नम्वर प्रदेश सरकारका तर्फबाट प्राप्त सात लाख रकमबाट २ लाख ५० हजार मूल्यबराबरको कम्प्युटर र ४ लाख ५० हजारको बालबालिकालाई स्कूल फि देखि ड्रेस, व्याग लगायतका सामग्री समेत प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले बताउनुभयो ।
बन्दी सहायता नेपालका पूर्वाञ्चल संयोजक जगत रानामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साइकलको चावी सांसद प्रधानले अध्यक्ष रानालाई हस्ताक्षरण गर्नुभएको थियो ।
साइकल क्लबले बन्दी सहायता क्लबद्वारा सञ्चालित झापा, इलाम लगायत विभिन्न ठाउँका विद्यालयमा अध्ययनरत बालबालिकालाई तराई क्षेत्र र पहाडका लागि बेग्ला बेग्लै प्रकृतिका १४÷१४ वटा साइकल प्रदान गरेको बन्दी सहायता नेपालकी आमा इन्दिरा राना मगरले बताउनुभयो ।
सो अवसरका वन्दी सहायता केन्द्रमा रहेका वालवालिकालाई सहयोग गर्ने दातालाई सम्मान समेत गरिएको थियो ।कार्यक्रममा प्रमुख अतिथि प्रधान, थाइल्याण्ड साइकल क्लबका डा. एन साउत, मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थबहादुर राई, क्षेत्र नं.–१ का कांग्रेस क्षेत्रीय सभापति खगेन्द्र मैनाली, पूण्य सुवेदी, लाभाबासु घिमिरे, लक्ष्मी राई, लबकुश गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए । अर्जुन थेवेले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक परियारले गर्नुभएको थियो ।






























