उपभोक्ताको श्रमदानमा खानेपानी आयोजना निर्माण

0
621

बेझाड।

पूर्वखोला गाउँपालिका– १ सिलुवा तामाखानीका स्थानीयले श्रमदानमा खानेपानी आयोजना निर्माण गरेका छन् ।

वर्षौंदेखिको खानेपानी समस्या भोग्दै आएका यहाँका स्थानीयले श्रमदान गरेर आयोजना निर्माण भएपछि अहिले गाउँमा खानेपानी सुविधा पुगेको छ । एक गाग्री पानीको लागि आधा घण्टाको समय बिताएर खानेपानी उपभोग गर्नुपर्ने बाध्यता थियो ।

बस्तीदेखि करीब डेढ किलोमिटर पर रहेको तामाखानीबाट गाउँमा पानी ल्याइएपछि सजिलोसँग उपभोग गर्न पाउँदा खुशी लागेको पुतलीदेवी हिस्कीले बताउनुभयो । यहाँका करीब ९० घरपरिवारका स्थानीय उपभोक्ताले रु १५ लाख बराबरको श्रमदान गरेर आयोजना निर्माणको काम गरेको तामाखानी खानेपानी आयोजनाका अध्यक्ष दुर्गादेवी जर्घाले बताउनुभयो ।

गोरखा वयर फर ट्रस्ट नेपालले रु २५ लाख रकम सहयोग गरेपछि सजिलोसँग आयोजना सम्पन्न भएको उहाँ बताउनुहुन्छ । आयोजनाको पानीलाई अहिले गाउँमा दश स्थानमा धारा जडान गरेर वितरण गरिएको छ । पछि एक घर एक धारा जडान गर्ने योजना रहेको समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here