सतासीधाम जेसीजले साताव्यापी कार्यक्रम गर्ने

0
605

दुधे ।

सतासीधाम जेसीजले जेसीज सप्ताह अन्तर्गत विभिन्न रचनात्मक कार्यक्रम गर्ने वताएको छ ।

पुर्वको धार्मीक तथा पर्यटकिय सताक्षीधाम स्थीत श्री हरिवेद विद्यालयका छात्रलाई आज शैक्षिक सामाग्री वितरण गर्दे कार्यक्रमको उद्धघाटन गरेको हो ।

विद्यालयका २१ जना वटुकलाई सेतोपाटी, कालोपाटी, कपि, वलपेन, मार्कर पेन वितरण गरेर १८ गते सम्म संचालन हुने जेसीज सप्ताहाको औपचारिक उद्धघाटन गरिएको जेसीज सप्ताह कार्यक्रमका संयोजक निरोज दुलालले वताए । उनका अनुसार १६ गते दुधेमा रक्तदान कार्यक्रम, १८ गते सतासीधाम जेसीजको कवर्डहलमा व्याडमिन्टन प्रतियोगिता लगायतका कार्यक्रम हुने छ ।

सताक्षीधाममा आयोजित कार्यक्रम गोलोक गोर्वद्र्धन गौसालाका पिठाधिस आचार्य नन्दकिशोर भारद्धाजको प्रमुख आतिथ्यमा भएको थियो । सतासीधाम जेसीज वर्ष २०१९ का अध्यक्ष दिनेश बाह्रकोटीको अध्यक्षतामा भएको कार्यक्रममा शुलभ वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण खरेल लगायतले जेसीज सप्ताह कार्यक्रमको सफल्ताको कामना गरेका थिए ।

जेसीजका महासचिव कुवार साँवाको संचालनमा भएको कार्यक्रमको स्वागत र कार्यक्रमको चौचित्यमाथी कार्यकारी उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक निरोज दुलालले प्रकास पारेका थिए भने आस्था वाचन निर्मला प्रधानले गरेकी थिईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here