झापामा करेन्ट लागेर एक युवकको मृत्यु

0
808

झापा।

पानी तान्ने मोटरबाट करेन्ट लागेर एक युवक मृत्यु भएको छ। मृत्यु हुनेमा कन्काई नगरपालिका–२, सेल्फीडाँडाका १९ वर्षीय सोम किस्कु रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

सोमबार बिहान सोही गाउँका टेकनारायण संग्रौलाको प्लटिङ जग्गामा काम गर्न जाँदा खेतमा जमेको पानीलाई मोटर लगाएर तान्ने क्रममा विद्युतको नाङ्गो तार छुँदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते किस्कुको उपचारको क्रममा बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा मृत्यु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here