‘टिकटक’ निर्माता कम्पनी मोबाइल फोन ल्याउँदै

0
970

एजेन्सी ।

भिडियो सेयरिङ एप ‘टिकटिक’ मा व्यापक सफलता पाएसँगै यो एप बनाउने कम्पनी अब स्मार्टफोन बनाउने भएको छ।

यो कम्पनीले आफ्नो फोन बजारमा प्रतिस्पर्धामा सही ढंगले उत्रिने विश्वास लिएको छ। हाल टिकटक विश्वभर सबैभन्दा तीव्र गतिमा सफलता पाउने कम्पनी हो।

यसको एपका विश्वभर ५० करोड युजर छन्। बीबीसीका अनुसार यो एप प्लेस्टोरबाट १०० करोड पटक डाउनलोड भइसकेको छ। यसमा १५ सेकेन्डको भिडियो तयार पारेर पोस्ट गरिन्छ।

टिकटिकको विकास गर्ने कम्पनी बाइटडान्स अब स्मार्टफोन निर्माण गरेर प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेको बताइएको छ। यो कम्पनीसँग टिकटिकसँगै कयौं भिडियो तथा समाचारमा आधारित एपको स्वामित्व रहेको छ।

जसमा स्लैक, फ्लिपचार्ट, टोटिओजस्ता विश्वभर चर्चामा रहेका एप छन्। यी सबैभन्दा बढी चर्चामा रहेको भने टिकटक नै हो।

चीनको आर्थिक पत्रिका कैजिंगले बाइटडान्सले नयाँ मोबाइलफोन अबको सात महिनामा बजारमा ल्याउन लागेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here