गाउँले र भण्डारी पुरस्कृत

0
888

झापा।

टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार–२०७५ बाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले पुरस्कृत भएका छन् ।

टङ्क–सरिता फाउण्डेशनले शनिवार आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गाउँलेलाई उक्त पुरस्कार प्रदान गरे ।

गाउँलेलाई भ्रष्टाचारविरुद्धको समाचार लेखेवापत दुई हजार अमेरिकी डलर राशिको पुरस्कार प्रदान गरिएको हो । यसैगरी टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता प्रोत्साहन पुरस्कार–२०७५ पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी र देवीका घर्तीमगरलाई प्रदान गरिएको छ ।

उनीलाई पाँच सय डलर नगदसहित प्रमाण पत्र प्रदान गरिएको हो । सोही अवसरमा एक हजार डलर राशि रहेको ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार–२०७५’ बाट वरिष्ठ जनवादी गायक जेवी टुहुरेलाई प्रदान गरिएको छ ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले भ्रष्टाचारले मुलुकमा जरो गाडेकोले त्यसलाई उखेल्नु पर्ने बताए । भ्रष्टाचार हटाउन गाह्रो छ भनेर छोड्नु हुँदैन–उनले भने सबै मिलेर भ्रष्टाचारलाई मुलुकबाट उन्मूलन गर्नुपर्छ ।

उनले राजनीति र कर्मचारीतन्त्रमा बढी भ्रष्टाचार रहेको बताए । कार्यक्रममा पत्रकार गाउँलेले भ्रष्टाचारविरुद्ध पत्रकारले कलम चलाउनु पर्ने बताए । उनले भ्रष्टाचारको विरोध नगर्ने पत्रकार हुनै नसक्ने भन्दैै पत्रकारले जनतालाई सुसूचित गरेर भ्रष्टाचार नियन्त्रण गरिरहेको बताएका थिए । कार्यक्रममा जनवादी गायक टुहुरेले मुलुकमा मौलाएको भ्रष्टाचार रोक्न सबै लाग्नुपर्नेमा जोड दिए ।

फाउण्डेशनका संरक्षक हेम पाठकले भ्रष्टाचार विरोधी अभियानलाई सहयोग पु¥याउन आफूहरुले पुरस्कार प्रदान गर्न थालेको बताएका थिए ।

सोही अवसरमा बाजुराका ज्ञानदेव थापा र युवराज थापालाई फाउण्डेशनका संरक्षक पाठकले ल्यापटप प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here