वनमा व्यवसायिक फलफूल खेती

0
1737

विष्णुप्रसाद पोखरेल / दमक।

भुटानी शरणार्थी बसोबास गरेर उजाड बनेको भmापाको दमकमा रहेको एक सामुदायिक वनको ३५ हेक्टर जमिनमध्ये ५ हेक्टरमा ब्यवसायिक रुपमा बिभिन्न प्रजातिका आँप खेती शुरु गरिएको छ ।

जिल्लामा नै पहिलोपटक सामुदायिक बनले आँपको बगान लगाउन शुरु गरेको बताइन्छ । दमकको वडा नं. –२ मा पुरानो शरणार्थी शिबिरका छाप्राहरु हटाएपछि उजाड बनेको ३५ हेक्टर मध्ये ५ हेक्टरमा हम्सेदुम्से सामुदायिक वनले आँपको बिरुवा रोपेको हो । बिभिन्न प्रजातिका कलमी आँपका विरुवाहरु रोपिएको सामुदायिक वनका अध्यक्ष हिमालयप्रसाद दाहालले जानकारी दिए । पुराना आँपका विरुवा रोपिएकाले एक बर्षभित्र नै यसले उत्पादन दिने समेत उनको भनाइ छ ।

दमकलाई आँपमा आत्मनिर्भर बनाउन कोशिस गरिएको र यो शुरुवात भएको समेत उनले बताए । उन्नत प्रजातिका आँपहरु भएकाले यसले राम्रो र छिटो फल दिने अपेक्षा गरिएको छ– दाहालले भने । यसरी ठूलो परिमाणमा सामुदायिक वनमा आँपका विरुवा लगाइएको जिल्लामा नै पहिलो पटक हो– उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फलफूलमा आत्मनिर्भर बन्नका लागि फलफूलका बिरुवाहरु रोप्न बारम्बार आग्रह गर्दै आएकाले यो पटकदेखि सामुदायिक वनले यसमा ध्यान दिएको बताइएको छ । वडा नं. २ का वडाध्यक्ष प्रजापति सापकोटाले अझै ३० हेक्टर जमिन बृक्षरोपण योग्य रहेको पाइएकाले यहाँ पनि फलफूलका विरुवा लगाउन ध्यान दिनु पर्ने बताए ।

वातावरण दिवसको सन्दर्भमा भmापामा स्थानीय तह र सरकारी कार्यालयहरुले २९ हजारभन्दा बढी फलफूलका विरुवा रोपेका छन् । आँप, लिची, कटहर लगायतका उत्पादनमूलक फलफूलका विरुवाहरु रोपेको बताइएको छ ।

झापाका साहयक प्रमुख जिल्ला अधिकारी माधव पोखरेलका अनुसार आफूहरुले वातावरण दिवसमा भएको बृक्षरोपणको तथ्याङ्क लिने क्रममा यस्तोे पाइएको जनाए ।

कूल ६१ हजार ९ सय ६० विरुवा रोपिएकोमा २९ हजार ३ सय ७२ वटा फलफूलका विरुवा रहेको पोखरेलले बताए । सबैभन्दा बढी बिर्तामोड नगरपालिकाले फलफूलका विरुवा रोपेको बताइएको छ ।

बिर्तामोड नगरपालिकाले १६ हजार फलफूलका विरुवा रोपेको जनाएको छ । आन्तरिक राजश्व कार्यालय भद्रपुरले भने ४ वटा विरुवा रोपेकोमा एउटा फलफूलको विरुवा रहेको जिल्ला प्रशासन कार्यालय झापाले तयार पारेको विवरणमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here