कास्कीबाट चुनाव लड्न वामदेवलाई ओलीको आग्रह, वामदेवले भने – ‘चुनाव लड्ने मुड छैन’

0
1078

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्कीबाट उपनिर्वाचन लड्न प्रस्ताव गरेका छन्। केही दिनअघि गौतमलाई बालुवाटार बोलाएर ओलीले कास्कीमा चुनाव लड्न प्रस्ताव गरेका तर अहिले चुनाव लड्ने मुड छैन भनेर वामदेव गौतम फर्केको गौतमनिकट स्रोतले जनाएको छ।

रवीन्द्र को निधनपछि खाली भएको कास्की निर्वाचन क्षेत्रबाट चुनाव लडन् प्रधानमन्त्री ओलीले नेता गौतमलाई प्रस्ताव गरेका थिए। तर गौतमले रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराइलार्ई नै चुनाव लडाउनुपर्ने प्रस्ताव गरेका फर्केका थिए।

‘मलाई अहिले चुनाव लड्ने मुड छैन, विद्यार्थी राजनीति गरेकी विद्यालाई चुनाव लडाउँदा ठिक हुन्छ उनले रवीन्द्रको राजनीतिक जीवनलाई साथ दिन आफ्नो राजनीतिक क्षमतालाई गुमनाम बनाएकी छिन्,’ गौतमले ओलीलाई जवाफ फर्काएका थिए। यो समाचार नागरिक राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

प्रधानमन्त्री ओलीले भने पार्टीले जिताउने पूरै कोसिस गर्छ, तपाई चुनाव लड्नुस् भन्दै प्रस्ताव गरेको स्रोतले बताएको छ। यसअघि काठमाडौं, डोल्पा, प्युठानलगायत जिल्लाबाट चुनाव लड्ने इच्छा व्यक्त गरे पनि पार्टीभित्र आन्तरिक समस्या बढ्दै गएपछि नेता गौतमले त्यता ध्यान नदिने बताउँदै आएका थिए। रवीन्द्र अधिकारीको निधनपछि नै कास्कीमा गौतमको चर्चा चलेको थियो तर उनले त्यतिबेला पनि रविन्द्रकै परिवारका सदस्यलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here