विवाहको खर्च सामाजिक कार्यमा दिने घोषणा

0
774

दमक।

दमक बहुमुखी क्याम्पसकी पूर्व सहायक प्रमुख तथा नेपाल राष्ट्रिय वुद्धिजीवी संगठनकी केन्द्रीय सचिव राधिका ओझाले आफ्नी छोरीको विवाहमा लाग्ने खर्च परोपकारी कार्यका लागि दिने घोषणा गरेकी छिन् ।

छोरी डाक्टर क्षमता सुवेदी र दाङ्ग तुलसीपुरका नरेश रेग्मीवीचको सोमबार नेकपाको केन्द्रीय कार्यालयमा प्रगतिशील विवाह गरिदिँदै करिव रु. २ लाखको सहयोगको घोषणा गरेकी हुन् ।

ओझाले दमकको दमक बहुमुखी क्याम्पसका जेहेन्दार विद्यार्थीका लागि रु. ५० हजार, दमक अपाङ्ग सहयोग समितिलाई रु. ५० हजार, दमकको बृद्धाश्रमलाई ५० हजार, दमक पव्लिक लाईव्रेरीलाई रु. १० हजार र माओवादी अध्ययन केन्द्रको पुस्तकालयलाई रु. १० हजार सहयोग दिने घोषणा गरेकी हुन् ।

अनेरास्वविुले आयोजना गरेको सो प्रगतिशील बैबाहिक कार्यक्रममा नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा,राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहाल, नेतृ पम्पा भुषाल लगायतले बधाई तथा शुभकामना दिएका थिए । वेहुला रेग्मी अखिल क्रान्तिकारीका केन्द्रीय सचिव हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here