१४ महिने बालिकाको डुबेर मृत्यु

0
884

बिर्तामोड।

झापाको वुद्धशान्ति गाउँपालिका – ६ शान्तिनगरमा १४ महिने बालिकाको मंगलवार डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा खड्गवहादुर लिम्बूकी छोरी साखिम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो । घर नजिकै रहेको माछा पोखरीमा डुवेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

दिउँसो १२ बजेको समयमा खेल्दा–खेल्दै माछा पोखरीमा परेर बेहोश भएकी बालिकाको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here