काठमाडौ,

कपाल झर्ने समस्याले कतिपय पूरुषहरुले हैरानि खेप्नु परेको छ । उमेर नपुग्दै कपाल झर्नु रोगको संकेत पनि मानिन्छ । सामान्य तया महिलाको भन्दा पूरुषको कपाल धेरै झरेको पाइन्छ ।
उमेर नपुग्दै कपाल झरेकै कारण धेरै पुरुषहरु चिन्तामा पर्छन् । उमेर बढ्दै गएपछि पुरुषको मात्र नभएर महिलाको समेत कपाल झर्न थाल्छ । तर, कपाल झर्नु पुरुषका लागि टाउको दुखाइ बनिरहेको छ ।
कपाल झर्नुका पनि विभिन्न कारणले हुने गदर्छन । पुरुषमा कपाल झर्नुको मुख्य कारण वंशानुगत गुण हो । तर यो सबैमा देखिन्छ भन्ने हुँदैन । दैनिक काम वा अन्य विभिन्न कारणबाट उत्पन्न हुने तनावले कपाल झर्ने गर्छ ।
अधिकांश पुरुष फरक स्टाइल दिने नाममा कपाल रंग्याउने गर्छन् । यसरी प्रयोग गरिने विभिन्न रसायनयुक्त वस्तुका कारण कपाल टुक्रिएर झर्ने हुन्छ । अस्वस्थ खानेकुरा खाँदा कपाल स्वस्थ रहन आवश्यक आइरन, जिंक, क्याल्सियम आदिको कमी हुन्छ र कपाल झर्ने हुन्छ ।































