दमक नगरपालिकामा स्तनपान कक्ष

0
448

दमक।

झापाको दमक नगरपालिकाले आफ्नो कार्यालयमा स्तनपान कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ । विश्व स्तनपान सप्ताह समापनका अवसर पारेर बुधबार नगरपालिकामा छुट्टै स्तनपान कक्ष सञ्चालनमा ल्याइएको नगर उपप्रमुख गीता अधिकारीले बताइन् ।

स्तनपान कक्षको बुधबार एक कार्यक्रमका बीच नगर प्रमुख रोमनाथ ओलीले उद्घाटन गरेका थिए । उनले नगरपालिकामा आउने सेवाग्राही तथा सर्वसाधारणहरुलाई लक्षित गरी कक्ष सञ्चालनमा ल्याइएको बताए ।

स्तनपानकक्ष शुभारम्भ कार्यक्रममा नगर उपप्रमुख अधिकारी, दमक ८ का वडाध्यक्ष पशुपतिराज गौतम, कार्यपालिका सदस्य भक्तादेवी दाहाल लगायतले नगरपालिकामा आउने महिला सेवाग्राही तथा कर्मचारी महिलाहरुका लागि स्तनपानकक्ष उपयोगी हुने बताए ।

साउन १६ देखि २२ गतेसम्म विश्वभरि विभिन्न कार्यक्रम गरी स्तनपान सप्ताह मनाइने गरेको छ । सप्ताह कार्यक्रम अन्तर्गत दमकमा शिशुका लागि स्तनपानको महत्व सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here