सुरुङ्गा रोटरीले ग¥यो वृक्षरोपण

0
537

सुरुङ्गा ।

रोटरी क्लब अफ सुरुङ्गाले झापा गाउँपालिकास्थित रानी सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गरेको छ । मानवीय सेवामा समर्पित सामाजिक संस्थाको छबि बनाएको रोटरी समाजका विविध क्षेत्रमा पनि कृयाशिल रहेको छ ।

यस क्रममा क्लबले वातावरणीय प्रदुषणलाई कम गर्दै पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न सो वन क्षेत्रमा टिक जातका २ सय ५० विरुवा रोपेको हो । झापा गाउँपालिकाको वडा नं.३, ६ र ७ मा पर्ने १ सय ३ हेक्टर क्षेत्रफलमा रहेको सो वन क्षेत्रको खाली रहेको ठाउँमा रोटरी क्लव अफ सुरुङ्गाका पदाधिकारीहरुले सबै बिरुवा आँफ्नै हातवाट रोपेका हुन् ।

क्लवका संस्थापक अध्यक्ष एल. पी. उप्रेतीको विशेष आतिथ्य रहेको सो वृक्षरोपण कार्यक्रम क्लवका अध्यक्ष कुमारमणि पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नरेन्द्रकुमार आङ्देम्बेले वातावरणको क्षेत्रमा गम्भीर बन्दै रोटरी क्लवले सामुदायिक वनप्रति गरेको सहयोगको प्रशंसा गरेका थिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै क्लबका वर्तमान अध्यक्ष कुमारमणि पोखरेलले मानवीय सेवामा समर्पित संस्था रोटरी क्लवले समृद्ध समाज निर्माणकालागि हरेक गतिविधिमा अग्रस्थानमा रहेर सेवा गर्ने बताएका छन् ।

सो अवसरमा बिर्तासिटी अस्पताल विर्तामोडमा स्वास्थ्य उपचार गराइरहेकी आर्थिक अवस्था कमजोर भएकी झापा गाउँपालिका–६ निवासी ताला हेमरमलाई स्वास्थ्य उपचारकालागि सहयोग स्वरुप उपलव्ध गराएको तीन हजार एकसय रुपैंयाँ रानी सामुदायिक वन समूहकी सचिव पुष्पा प्रसाईंलाई रोटरी क्लवले हस्तान्तरण गरेको थियो । कार्यक्रमको सञ्चालन क्लबका थर्ड भाइस प्रेसिडेन्ट शिवकुमार कडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here