भोजपुर बस दुर्घटनाका ३ गम्भिर घाइते

0
770

भोजपुर ।

भोजपुरको अन्नपूर्णबाट विराटनगरको लागि छुटेको मे १ ख ३१६४ नम्बरको बस मध्यपहाडी लोकमार्ग अन्तरगत गुप्तेश्वर र सिद्धेश्वरको सिमानामा पर्ने चप्पिरे खोलानजिकै घुम्ती काट्ने क्रममा बस भित्तामा ठोक्किँदा अनियन्त्रित भएर पल्टिएको बसका १० घाइतेमध्ये ३ जनालाई थप उपचारका लागी धरान लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका झापा हल्दीबारी गाउँपालिका–५ का ३० वर्षीय सहचालक अर्जुन लिम्बु, मोरङ रतुवामाई नगरपालिका–७ की २१ वर्षीया सविना गौतम भट्टराई र भोजपुर नगरपालिका– ९ की २४ वर्षीय मनिषा श्रेष्ठलाई थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको हो ।

दुर्घटनामा घाइते भएका अन्यलाई जिल्ला अस्पताल भोजपुरमा उपचार गरिएको छ । दुर्घटनामा भोजपुर नगरपालिका–३ की २२ वर्षीया संगिता प्रधान, १७ वर्षीया अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र ११ वर्षीय बालक विवेक श्रेष्ठको उपचार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here