खेलकुद पत्रकार मञ्च झापाको अध्यक्षमा खरेल

0
843

अर्जुनधारा ।

नेपाल खेलकुद पत्रकार मञ्च झापाको दोस्रो अधिवेशनबाट अध्यक्षमा हिमाल खरेल निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अधिकृत अजय फूँयालका अनुसार अध्यक्ष पदका अर्का प्रत्यासी इन्द्रजीत मुखियालाई छ मतले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष खरेलले ३२ मत प्राप्त गरेका थिए ।

त्यसैगरी मञ्चको सचिवमा अर्जुन राजवंशी(३०), सहसचिवमा भूमिका सुब्बा(३३) र कोषाध्यक्ष राजु पौड्याल(३१) निर्वाचित भएका छन् । यता सचिवमा २८ मत ल्याएका सचिव आनन्द सुब्बा, सहसचिवमा २५ मत ल्याएका लीलाराज झापाली र २७ मत ल्याएका बुद्ध तामाङ पराजित भएका छन् ।

मञ्चको उपाध्यक्षमा अमित खम्बू र सदस्यहरुमा आयुष निरौला, कमल पाण्डे “विनोद”, तिलक योञ्जन, प्रकाश बाँनिया, भारती राई र विष्णु श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत फूँयालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । १३ सदस्यीय समितिको थप दुई जना सदस्य मञ्चको पहिलो बैठकबाट मनोनित गर्ने अध्यक्ष खरेलले बताए ।
मञ्चका अध्यक्ष रमेश समदर्शी र मञ्चका केन्द्रीय अध्यक्ष दुर्गानाथ सुवेदी “देवेन्द्र”को प्रमुख आतिथ्यमा आयोजित अधिवेशनमा स्वागत मन्तव्य उपाध्यक्ष कृष्ण सिंजालीले गरेका थिए ।

कार्यक्रममा सचिव पर्वत पोर्तेलले संगठनको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष बुद्ध तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही कार्यक्रमको सन्दर्भमा मञ्चद्धारा आयोजित दुई दिवसीय निःशुल्क फोटो पत्रकारिता तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा मञ्चका पूर्व केन्द्रीय अध्यक्ष अजय फूँयाल, पीजे क्लब काठमाण्डौंका अध्यक्ष विकास कार्की, जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख टहलदास मैनाली, जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगीरथ आले “मामा”, झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव पोर्तेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here