नागरिकता बेचेको भन्दै वडा कार्यालयमा बम विष्फोट

0
1150

बिर्तामोड, प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहको गतिविधिलाई निस्तेज पार्ने बताइरहेपनि ओलीकै गृह जिल्ला झापामा पछिल्लो समय विप्लव समूहको गतिविधि बढेर गएको छ ।
विप्लव समूहले बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा वम विस्फोट गराएसंगै विप्लवको गतिविधि बढेर गएको हो । यस अघि पनि विप्लवका कार्यकर्ताले एनसेलको टावरमा वम विस्फोट गराउँदै आएका थिए । सोमवार विहान मात्रै नगरपालिकाको ७,८ र ९ नम्वरको संयुक्त वडा कार्यालयमा विहान साढे ४ वजे वम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठका अनासार गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा वम विष्फोट गराउँदा कार्यालयको झ्यालहरु भत्किएका छन् भने भवन समेत चर्किएको छ ।
वडा कार्यालयमा प्रेसरकुकर वम विष्फाटका कारण वडाको सम्पूर्ण काम पूर्ण रुपमा प्रभावित भएको छ ।
असार यता बिर्तामोड नगरपालिकाले १८ जना विदेशीलाई नागरिकता बेचेको विप्लव समूहको आरोप छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गौरव ढुङ्गेल, नायब सुब्बा मेघराज निरौला, खरदार तेजेन्द्र न्यौपाने, भद्रपुर नगरपालिका ९ का अध्यक्ष सनी राजवंशी, बिर्तामोड ८ का वडा अध्यक्ष अजय कार्कीलगायतको मिलोमत्तोमा विदेशीलाई नागरिकता बेचेको आरोप लगाउँदै विप्लव समूहले बिर्तामोडस्थित वडा कार्यालयमा सोमवार विहान बम विष्फोट गराएको हो ।
गत चैत २८ गतेको मन्त्रिपरिषदको वैठकले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहलाई सरकारले प्रतिवन्ध लगाएसंगै झापा प्रहरीले १७ जना विप्लवका कार्यकर्ता पक्राउ गरेको छ । तर,झापामा मात्रै विप्लवका १० हजार भन्दा बढी कार्यकता रहेको विप्लव समूहले जनाएको छ ।
प्रहरीले जिल्लाका विभिन्न स्थानबाट विप्लवका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
विप्लव समूहले भद्रपुर, बिर्तामोड, अर्जुनधारा, दमक लगायतका विभिन्न स्थानमा एनसेलका टावरहरुमा आगजानी तथा विष्फोट गराएको भन्दै विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।
यता बिर्तामोडस्थित वडा कार्यालयमा गराएको विष्फोटाको जिम्मा कसैले नलिएपनि विप्लव समूहले नै वम विष्फोट गराएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । मैनालीका अनुसार वडा कार्यालयमा वम विष्फोट गराउने समूहको खोजी भइरहेको छ ।
उता पूर्वी नाका काँकरभिट्टाबाट अवैधरुपमा हतियार भित्रने गरेको रहस्य खुलेको छ । नेपाल–भारतको सीमावर्ती नाका पानीटंकीमा पेस्तोल र त्यसमा लाग्ने सात राउण्ड गोलीसहित एक नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेसंगै यस्तो रहस्य खुलेको हो ।
पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका– ११ स्थित गैरीगाँउ बस्ने ३७ वर्षीय किर्तन वतर (चौधरी) रहेको भारतीय प्रहरीले जनाएको छ ।
भारतको पानीटंकी नाकाबाट काँकरभिट्टातर्फ आइरहेका चौधरीलाई भारतीय सीमा सुरक्षा वल एसएसवी ४१ नम्वर वटालियन रानीडाँगाको प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ । उनलाई आइतबार साँझ विशेष सुराकीका आधारमा पानीटंकीमा निर्मित एसियन हाइवेको फ्लाई ओभरबाट पक्राउ गरिएको हो ।
सिटी सफारी चालक रहेका चौधरी मे १ ह ६९५० नम्बरको सफारी लिएर भारत पुगेको र सोही सिटी सफारिमा राखेर उनले पेस्तोल नेपाल ल्याउँदै गर्दा भारतीय प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।
भारतीय प्रहरीले उनको साथवाट ७.६५ एमएमको सात राउण्ड गोलीसहित मेडइन युएस लेखिएको पेस्तोल फेला परेको थियो ।
यसअघि नेपाल प्रहरीले गत साउन २४ गते राति हल्दिवारी गाउँपालिका– ५ जलथलबाट ६० वर्षीय ताराहाङ्ग राईलाई भरुवा बन्दुक सहित पक्राउ गरेको थियो ।
पछिल्लो समय झापामा श्रृङ्खलाबद्ध बम विष्फोट हुनु र पूर्बी नाकामा हतियार सहित नेपाली पक्राउ पर्नुले झापामा सुरक्षा चुनौति बढेर गएको राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here