एजेन्सी । 
बार्सिलोनाका स्ट्राइगर तथा भरपर्दा खेलाडी लियोनेल मेसी बिना मैदानमा उत्रिएको बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–० ले पराजित भएको छ ।
साबिक विजेता बार्सिलोना स्पेनिस ला लिगाको पहिलो खेलमा नै कडा झड्का बेहोर्न बाध्य भएको छ । खेलको सुरुवातदेखि नै निराशजनक खेल प्रदर्शन गरेको बार्सिलोनाबिरुद्ध अडुरिजले खेलको ८९ औँ मिनेटमा गरेको गोल नै उसका लागी निर्णायक बन्यो ।
लुइस सुवारेज र राफिना लगायतका भरपर्दा खेलाडीहरुको पटक पटकको पोष्ट चार्जहरु गोलमा परिणत हुन नसकेपछि बार्सिलोना गोलबिहिन बन्न पुगेको हो ।
अघिल्लो खेलमा घाइते बनेका लियोनेल मेस्सी अनुपस्थित भएका कारण त्यसको कडा मूल्य बार्सिलोनाले चुकाउनु परेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
























