मन्त्री ज्ञवालीले भने–रवि लामिछानेलाई आरोप लगाइएको भिडियो शंकास्पद

0
702

गुल्मी 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिन अघि चितवनको एक होटलमा मृ त फेला परेका पत्रकार शालिकराम पुडासैनीले आ त्मह त्या गर्नुपूर्व पत्रकार रवि लामिछाने लगायतले आ त्मह त्या गर्न बाध्य भनि लगाएको आरोपबारेको भिडियो शंकास्पद रहेको बताएका छन् ।

शनिबार नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘त्यो भिडियो आफैँमा विरोधाभाष छ, मैले पनि हेरेको छु, एक आपसमा बाँझिएको छ ।’

त्यसो भए त्यो भिडियो इडिट गर्नेलाई खोजी गरिदैन ? भन्ने प्रश्नमा उनले कसैले बदमासी गरेको पाइए कारबाही गरिने बताए । उनले कानुनमाथि कोही पनि हुन नसक्ने भन्दै रवि लामिछानेलाई आरोप लागिसकेपछि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताए ।

‘म रेको मानिसले कसैले आ त्मह त्या गर्न बाध्य पारेको भनेपछि सोधपुछका लागि प्रहरीले लगेको हो’, मन्त्री ज्ञवालीले भने, ‘कानुन भन्दामाथि रविजी पक्कै हुनुहुन्न, सोधपुछ हुँदैछ निर्दोष भए फसाउने कुरै हुन्न । दोषी ठहरिए कानुन अनुसार कार्बाही हुन्छ ।’

उनले बालुवाटारको जग्गा खोजीगर्ने काम यसै सरकारले गरेको पनि बताएका छन् । मन्त्री ज्ञवालीले अख्तियारले अनुसान्धान थालेको भन्दै दोषी जो भए पनि कार्बाही हुने प्रतिवद्धता जनाए।

ज्ञवालीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हिंसा भड्काएर नाङ्गो रुप देखाएको आरोप लगाए । ‘हामी विप्लव समूहको हिंसालाई ना ङ्गो रुप भन्छौं, नख्खुमा एनसेलको टावर विस्फोट गराउँदा निर्दोष बटुवाको ज्यान लिइयो’ उनले भने, ‘काठमाडौमै ग्याँस सिलिन्डर विस्फोट भएर आफ्नै पाँच जना कार्यकर्ताको ज्यान गयो, कैलालीमा पनि बम बोकेका आफ्नै कार्यकर्ता मा रिए त्यसरी जनताका छोराछोरीको ज्यान लिन पाईन्छ ?’

जनताको ठूलो बलिदानीबाट देशमा गणतन्त्र ल्याइएको भन्दै उनले विप्लव समूहले गणतन्त्र उल्ट्याएर कुन ब्यवस्था ल्याउन खोजेको हो ? भन्दै प्रश्न गरे। पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले सञ्चारमाध्यमपनि विश्वसनीय बन्नुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here