बरिष्ठ कलाकार सुभद्रा अधिकारी रहनिन्

३२ श्रावण २०७६, शनिबार मा प्रकाशित

काठमाडौं।

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । थुप्रै नेपाली चलचित्रमा अभिनय गरेकी उनको ७३ वर्षको उमेरमा आफ्नो निवास डल्लुमा निधन भएको हो । लामो समय देखी दमको रोगबाट पिडित सुभद्राले धेरै नेपाली फिल्ममा सफल अभिनय गरेकी छन् ।

विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन् । पाँच वर्षको उमेरमै सरस्वती सदन ९क्याम्पस० मा शास्त्रीय नृत्य गरेकी अधिकारीले ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन् ।

अधिकारीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको श्रद्धाञ्जली तथा अन्त्येष्टी आज १ बजेदेखि ३ बजेसम्म पशुपति आर्यघाटमा हुने भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here