असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम

0
435

कावासोती।

नवलपरासी पूर्वनवलपुरको कावासोती नगरपालिकाले असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम प्रदान गरेको छ । नगरपालिकाभित्रका अभिभावक विहीन बालबालिकालाई उक्त वितरण गरिएको हो ।

बुबाआमा गुमाएका बालबालिकाको संरक्षणसँगै उनीहरुको शैक्षिक र स्वास्थ्य अवस्था सुधारका लागि सामाजिक सुरक्षा रकम प्रदान गरिएको नगरप्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो ।

शुक्रबार १५ असहाय बालबालिकालाई जनही रु पाँच हजारका दरले रकम प्रदान गरिएको छ । नगरपालिकाभित्र अभिभावक विहीन ८८ बालबालिका रहेको तथ्याङ्क छ ।

“विस्तारै अन्य असहाय बालबालिकालाई रकम वितरण गछौँ”, नगरप्रमुख पुनले भन्नुभयो । कावासोतीलाई बालमैत्री नगरपालिका बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here