विनोद सापकोटा / झापा ।

झापा प्रहरीले दुई सय तयारी घरेलु मदिरा र त्यसमा प्रयोग हुने चार सय कच्चा पदार्थ बिहीबार साँझ बरामद गरेर शुक्रबार बिहान नष्ट गरेको छ ।
जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० टेक्रा स्थित गाँउबाट ईलाका प्रहरी कार्यलय झिलझिलेले तयारी घरेलु मदिरा र कच्चा पदार्थ बरामद गरेको थियो । शुक्रबार बिहान जनप्रतिनिधी , पत्रकार र बाणीज्य संघका प्रतिनिधिको रोहबरमा बरामद गरिएको तयारी घरेलु मदिरा नष्ट गरिएको हो ।
कनकाई नदीमा नुहाउने क्रममा बेपत्ता भएकाको खोजी गर्ने क्रममा प्रहरीले उक्त पदार्थ फेला पारेको स्थानियबासीले जानकारी दिएका छन । बेपत्ता भएकाको अवस्था अझै अज्ञात रहेकोले खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ । कनकाई नदिको पुर्वमा टेक्रा बस्ती छ । सोहि बस्तीबाट प्रतिबन्धित घरेलु मदिरा बरामद भएको हो । बिहीबार कनकाई नदिमा नुहाउने क्रममा बेपत्ता भएका साहेव सतारको खोजी गर्ने क्रममा नदीको किनारमा नराम्रो गन्ध आएको र खोजि गर्ने क्रममा घरेलु मदिरा फेला परेको प्रहरीले जनाएको छ ।
केहि स्थानीयले मदिरा सेवन गरी शान्ति सुरक्षामा खलल् पु¥याएको भन्दै स्थानीयको गुनासो आएपछि प्रहरीले सो क्षेत्रमा निगरानी बढाएको थियो । ईलाका प्रहरी कार्यलय झिलझिले मातहतको उक्त क्षेत्र प्रहरी र शिवसताक्षी नगरपालिकाको लागि दुर्गम क्षेत्र हो । टेक्रा पश्चिम कनकाई नदि रहेकाले त्यहाँका स्थानीले नगरपालिका र प्रहरीको सहयोग माग्न सुरुङ्गा हुदै झिलझिले आईपुग्नु पर्ने बाध्यता रहेको वडा अध्यक्ष कर्णवहादुर थापाले बताए ।
दुरीगत हिसावमा टेक्रा नजिक परेपनी आफ्नो क्षेत्र नपरेको भन्दै ईलाका प्रहरी कार्यलय सुरुङ्गाले सो क्षेत्रलाई बेवास्ता गर्ने गरेको वडा अध्यक्ष थापाले जानकारी दिए । उनलेभने, ‘नेपाल प्रहरी जहाँका भएपनी सर्वसाधरणको सुरक्षाको लागि पनी फलानोको क्षेत्र र चिलानोको क्षेत्र भनेर उम्कीन्छ , यो ठिक भएर ।’ स्थानिय दीपेन्द्र आधारभुत विद्यालयमा कक्षा ४ मा अध्ययन रत एक छात्रलाई स्थानीय यामनाथ राईले एक साता अघि गर्धनमा समाएर घोक्र्याए । त्यसपछी उनले घाँटी समाएर निमोठौला झै गरे । ईलाका प्रहरी कार्यलय झिलझिलेको हिरासतमा रहेको राईले प्रहरी निरीक्षक कोमल ठाकुर संग भने, ‘सर रक्सीले फ्लाँट भएको रहेछु थाहै पाईन ।’
स्थानियबासी, विद्यालय प्रशासन र बिद्यार्थीका अभिभावकले प्रहरीमा उजुरी गरेपछी राई पक्राउ परेका हुन । प्रहरीका अनुसार, अहिले उनी अनुसन्धानको क्रममा छन ।
घरेलु मदिराका कारण समाजमा विभिन्न खालका अपराध हुने गरेको गुनासो बढेपछि घरेलु मदिरा किनबेच तथा उत्पादनमा सरकारले कडाइ गरिरहको छ । ‘घरेलु मदिरा सेवनकै कारण दैनिक झगडा तथा विभिन्न खालका विकृति हुन थाले’, ईलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक ठाकुरले भने, ‘घरेलु मदिरा नियन्त्रण गर्दा मात्र पनि अपराध कमी हुन्छ ।’





























