जन्मदिनमा पत्रकार उपचार कोषलाई २५९९९ 

0
545

बिर्तामोड ।

नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोड–३ निवासी श्याम प्रसाई (एसपी) ले २५ हजार ९ सय ९९ रुपैयाँ प्रदान गरेका छन् ।

आज शुक्रबार आयोजित एक कार्यक्रमकाबीच आफ्ना छोरा संकेत प्रसाईको जन्मदिनको अवसर पारी उनले पत्रकारको हितका लागि उपचार कोषमा उक्त रकम प्रदान गरेका हुन् । प्रसाईले पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् उपचार कोषका संयोजक एकराज गिरीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

प्रसाई ढुवानी व्यवसायी हुन् । उनका छोरा २२ वर्षीय संकेत काठमाडौमा अध्ययनरत् छन् ।आफ्नो कमाईको केही अंश समाजसेवा र परोपकारी काममा खर्च गर्ने सोचका साथ यस पटक पत्रकार उपचार कोषलाई सहयोग गरिएको प्रसाईले बताए ।

उक्त अवसरमा नेपाल भारत मैत्री संघ बिर्तामोडका अध्यक्ष मोहन ढकाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी, नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका सभापति सजेश शिवाकोटी, रेडियो बिराटकी प्रवन्ध निर्देशक लीला अनमोलले प्रसाईको परोपकारी कामको प्रशंसा गरे । कार्यक्रमको सञ्चालन महासंघका सहसचिव तथा कोषका सचिव केशव भट्टराईले गरेका थिए ।

पत्रकारको हितका लागि एक करोड रुपैयाँको अक्षयकोष बनाउने उद्देश्यसहित सञ्चालित अभियानमा सबैले सहयोग गरिदिन समेत उनीहरुले आग्रह गरे । कोषमा हाल ४० लाख रुपैया जम्मा भइसकेको छ । कोयाको व्याजबाट घाइते तथा विरामी पत्रकारलाई सहयोग प्रदान गर्न समेत थालिएको छ । सहयोगप्रति महासंघ झापाका उपाध्यक्ष गिरीले धन्यवाद ज्ञापन गरे । छोराको जन्मदिनमा पत्रकारको हितमा पवित्र सहयोग गर्न पाएकोमा प्रसाईले खुशी व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here